एक दिने स्टार

आइतबार, ०९ बैशाख २०७५, ०१ : ४९ शुक्रवार
एक दिने स्टार

केही वर्षयता चकलेटी हिरोहरुको स्टारडमको चर्चा चुलीमा छ । अनमोल केसीले अकलल्पनीय सफलता हात पारेपछि सोही शैलीको सिको गर्दै भित्रिएका प्रदिप खड्का र पल शाहलाई नयाँ स्टार मान्ने गरिएको छ । पहिलो फिल्ममा सबैले एक खालको जादू देखाएकै हुन् तर त्यसयता सबैले त्यो जादू कायम गर्न सकेका छैनन् । पछिल्लो समय त उनीहरूको स्टारडम शनिबार अनि त्यसमा पनि गोपीकृष्ण हलमा सीमित भएको छ । 
निकै धूम धडाका ठानिएको अनमोल केसीको ‘कृ’ ले पहिलो दिन त खास कमाल गर्न सकेन तर दोस्रो दिन शनिबार बम्पर व्यापार गर्यो तर आइतबार फिल्मको व्यापार सर्लक्क घट्यो । यसअघि पल शाहको ‘जोनी जेन्टल’ पनि यस्तै भएको थियो । शुक्रबार खासै दर्शक आएनन् तर शनिबार गोपीकृष्ण हलमा राम्रै भिड देखियो । यही हप्ता रिलिज भएको प्रदिप खड्का अभिनित ‘लिली–बिली’ले पनि शुक्रबार अपेक्षित व्यापार गरेन तर शनिबार राम्रै भिड देखियो । आइतबारदेखि पूर्ववत् फिल्मझैं सुख्खा देखियो । दुई दिनदेखि तीन दिनसम्म  दर्शक होल्ड गराउन नसक्ने, यस्तै हिरोहरू फिल्म खेल्नका लागि ५० लाखसम्म डिमाण्ड गर्छन् । केही त सरम लाग्नु पर्ने हो ! 

Leave A Comment