स्टन्टको पर्खाइमा उर्वशी

बिहिबार, ०६ जेठ २०७३, ०३ : ०१
स्टन्टको पर्खाइमा उर्वशी

बलिउडमा भर्खरै पाइला चाल्न थालेकी अभिनेत्री उर्वशी रौतेलाले अहिलेसम्म पर्दामा साहसी खालको स्टन्ट गरेकी छैनन् । फिल्म ‘सनम रे’मा अभिनय गरेकी उनको यस्तो स्टन्ट गर्ने ठूलो धोको छ । यसका लागि उनले तयारी सुरु गरिसकेकी छिन् ।

अहिले उनी नियमितजसो जिम धाउने गर्छिन् । डमबेल उचाल्दै गरेका केही थान तस्बिर उनले सार्वजनिक गरेकी छिन् । कुनै फिल्ममा स्टन्टबाजी गर्न पाइएला भनेर उनले कडा तालिम सुरु गरेकी हुन् । ‘जेम्स ह्यारिसनलाई मैले गुरु थापेकी छु, उहाँबाटै तालिम लिइरहेकी छु,’ उर्वशीले भनिन् ।

Leave A Comment