ढँटुवी वर्षा

आइतबार, २० फागुन २०७४, ०६ : ०८ शुक्रवार
ढँटुवी वर्षा

‘बरु वर्षाको भर गर्नु तर वर्षा सिवाकोटीको भर नगर्नु,’ वर्षा सिवाकोटीको व्यवहार देख्नेहरूले आजभोलि यसै भन्न थालेका छन् । फिल्ममा खेल्छु भन्नमा र छाड्नमा कुनै पनि व्यावसायिक मर्यादा पालना नगरेको देखेर नै मान्छेले वर्षालाई वर्षा यामसँग तुलना गरेका  हुन् । उनले ‘ब्ल्याक’, ‘मेरो पैसा खोइ’ आदि फिल्म साइनिङ अमाउन्ट लिएर पनि फिर्ता गरिदिएकी थिइन् ।

भर्खरै मात्र पनि उनले अन्नपूर्ण होटलमा टन्न खर्च गरेर घोषणा भएको फिल्म ‘रानीमहल’ छाडिदिइन् । ‘रानीमहल’ छाड्नमा उनले डेटको समस्या देखाएकी थिइन् । भिसा लागेको ६ महिनाभित्रमा अमेरिकामा गइसक्नु पर्ने तर ‘रानीमहल’को सुटिङ सर्दा आफू र फिल्म दुवैलाई असर गर्ने भन्दै फिल्म छाडेकी थिइन् तर अमेरिका जानु कता होे कता दुई दिनअघि मात्र ‘जय शम्भु’ शीर्षकको फिल्मको घोषणामा पोज हानी–हानी फोटो खिचिरहेकी थिइन् ।

‘रानीमहल’मा वर्षाअघि प्रशान्त ताम्रकारले पनि डेटकै समस्या देखाउँदै छाडेका थिए । पछि वर्षाले पनि उही समस्या देखाएर छाडिन् । अनि ‘जय शम्भु’मा प्रशान्त र वर्षा दुवैले अभिनय गर्दैछन् । दुवैका बीचमा केही न केही त खिचडी पाकिरहेको हो कि ?
 

Leave A Comment