ड्राइभर भनेपछि केटी हुरुक्कै

शुक्रबार, १८ फागुन २०७४, ०३ : १४ भोला अधिकारी
ड्राइभर भनेपछि केटी हुरुक्कै

चालक : अर्जुन दाहाल

कति भयो गाडी चलाउन थालेको ?
१५ वर्ष जति भयो  । 
कति थियो उमेर ? 
त्यस्तै २० वर्षको होला । सुरुमा ५ वर्ष त ट्रकको  खलाँसी भँए । ट्रकमा काम गर्दै जाँदा गाडी कुदाउन सिकियो, बिस्तारै लामो दूरीकै गाडी चलाउन थाँले। 

कुन रुटको गाडी चलाउनु भयो ?
५÷६ वर्ष काठमाडौं–कटारी नाइट गाडी चलाएँ । त्यसपछि काठमाडौं–खोटाङ–दिक्तेलतिर कुदाएँ ।  

त्यो बाटो त निकै अप्ठ्यारो छ भन्छन् । हो ?
बाटो खतरनाक छ । मलाई पहिला यात्रु दिक्तेल पुर्याउँछ कि पुर्रयाउँदिन जस्तो लाग्थ्यो । यात्रुहरु भीरमा पुगेपछि चिच्याउँथे । मलाई पनि अलि अलि डर लाग्थ्यो । गन्तव्यमा पुर्याएपछि यात्रुले धन्याद दिन्थे । 

नाइट गाडी चलाउँदा रातिको समस्या के छ ? 
३÷४ वर्ष अगाडि पतलैयाको जंगलमा धेरै लुटिने समस्या थियो । ७÷८ बजेपछि एक्लै परियो भने मुडा तेर्साएर लुट्थे ।  पुलिस प्रशासनले गाडी अघिपछि लागेर हिँड्थे । एउटा आएर थर्कायो भने थर्कमान हुनु पर्दथ्योे । अहिले यो कम हुँदै गएको छ  ।  

लामो दूरीमा गाडी चलाउने ड्राइभरको होटलवाालासँग सेट्रि हुन्छ, झुर खाना खुवाउने होटलमा लैजान्छन् भन्छन् नि ।

२ हजार २५ सय रुपैयाँ कमाउने भएपछि कसले लैजाँदैन र ? मैले नि लैजान्थे ।  हामीले कमिसन माग्ने होइन होटलवाला आफंैले दिन्छन् । स्टाफ खाना खान पनि पाइन्छ । 

होटलवालासँग पहिला नै सम्झौता हुन्छ ?

हुन्थ्यो । अहिले त आफ्नै प्राइभेट गाडी चलाउँछु । 
 

ड्राइभर  जता गयो उतै गर्लफ्रेन्ड हुन्छन् रे हो ?

लामो दूरीको गाडी चलाउँदा धेरै नजिक हुन खोज्छन् । गाडीको ड्राइभर भनेपछि युवती कसरी बोलौं के गरी बोलौं भनेर बसेका हुन्छन् । बोलिदियो भने नजिक भइहाल्थे । तर अहिले पहिलाको जस्तो छैन । गाडी पुर्याएर फर्कन हतार हुन्छ गर्लफ्रेन्ड बनाउने फुर्सद कहाँ पाउनु । 

गाडीमा त चुरा घण्टी झुण्याउनु भएको रहेछ । किन ? 

यो किचकन्ये, भूतले आँखा नछलोस् भनेर राखेको । पहिला–पहिलाका बाबु बाजेको भनाइअनुसार यसरी चुरा पोते झुण्ड्यायो भने भूत प्रेतले छुँदैन भन्ने मान्यता छ  । 

भूत प्रेतमा विश्वास लाग्छ ? 
लाग्छ ।  गाडी चलाइरहको बेला एक्कासि आयो भने सकिएन । त्यही भएर राखेको । 


 

Leave A Comment