बीस वर्षे रिहाना

बुधबार, १६ फागुन २०७४, ०७ : २० शुक्रवार
बीस वर्षे रिहाना

बार्बडियन गायिका रिहानाको जन्मदिन गत मंगलबार थियो । मंगलबार उनी उमेरले तीस लागिन् । तर उनी आफूलाई बीस वर्षे युवती भन्दै जन्मदिनको अघिल्लो दिन सोमबार सामाजिक सञ्जालमा निकै नै कामुक तस्बिर सार्वजनिक गरिन् ।

‘अझै बीसको उमेरमा’ क्याप्सन लेख्दै रिहानाले निकै नै कामुक तस्बिर खिचाएकी थिइन् । तस्बिरमा उनले भित्री वस्त्र पनि लगाएकी छैनन् । यसो हुँदा उनका भित्री अंगको चियो मज्जाले गर्न सकिन्छ । तस्बिरमा रिहानाका सुगठित वक्षस्थल र भित्री ट्याटुसमेत मज्जाले देख्न सकिन्छ ।

साथै अर्को तस्बिरमा उनले ‘मलाई रिहाना मन पर्दैन’ भन्ने टिर्सट लगाएको फोटो पनि सार्वजनिक गरेकी थिइन् । अब भन्नुस् यस्तो कामुक तस्बिर पोस्टिने रिहानालाई तीस वर्षे महिला भन्ने कि बीस वर्षे युवती ?
 

Leave A Comment