एकताको खुलासाले हंगामा

बुधबार, १६ फागुन २०७४, ०७ : ०७ शुक्रवार
एकताको खुलासाले हंगामा

भारतीय फिल्म र टेलिभिजन प्रोड्युसर एकता कपुरले उनले प्रभावशाली प्रोड्युसरहरुले आफ्नो पावरको प्रयोग गरेर यौन शोषण गर्ने गरेको बताइन् । उनले दावी गरेको यो भनाइ नयाँ हैन तर उनले जब एक्ट्रेसहरुसमेत आफ्नो सेक्सुएलिटीको प्रयोग गरेर काम पाउने प्रयास गर्ने गरेको बताइन्, बलिउडमा हंगामा भयो ।

 
एक टेलिभिजन कार्यक्रममा बोल्ने क्रममा उनले बलिउडमा कामको लोभका कारण कलाकारले समेत यौन शोषणको मौका दिने गरेको बताइन् । ‘काम पाउने लोभमा आफ्नो यौन शोषण हुँदासमेत मौन बस्ने कलाकारहरु पनि छन्,’ उनले भनिन् । हालै एकताका बाबु जितेन्द्रमाथि उनका एक आफन्तले यौन शोषण गरेको आरोप लगाएका थिए । यो घटना भने ४७ वर्ष पुरानो हो । 
 

Leave A Comment