खातामा अर्को फ्लप

आइतबार, ०६ फागुन २०७४, ०४ : ३७ शुक्रवार
खातामा अर्को फ्लप

सोलो हिरोइनको रुपमा मेनुका प्रधानको नाममा एउटा पनि हिट फिल्म छैन । मेनुका भएकै हिट फिल्म भनेको यो सालको ‘दुई रुपैंया’मात्र हो । यो साल कम्तीमा आधा दर्जन फिल्ममा देखिएकी मेनुकाको लामो भूमिका ‘शेरबहादुर’मा थियो । फरक विधामा बनेको फिल्मलाई प्रिमियरमा हेर्नेले खुबै तारिफ पनि गरेका थिए ।

हलिउड फिल्म ‘डन्ट ब्रिद’को नक्कल नै भए पनि फिल्मले ठिकठाक व्यापार गर्ने धेरैको अनुमान थियो तर के मेसो मिलेन कुन्नी, यो फिल्म हेर्न दर्शक हलसम्म जाने चेष्टै गरेनन् । दर्शक नै हलसम्म नपुगेपछि आफ्नो नाममा हिट फिल्म लेखाउने मेनुकाको चाहना फेरि पर धकेलिएको छ । हेर्ने हो भने यो साल सबैभन्दा बढी फिल्म मेनुकाकै रिलिज भएका छन् । तर, रिलिज भएर के गर्नु गतिलो व्यापार नगरेपछि !
 

Leave A Comment