खर्चिलो ‘कायरा’

आइतबार, ०६ फागुन २०७४, ०४ : ३३ शुक्रवार
खर्चिलो ‘कायरा’

आर्यन सिग्देलका साँच्चिकै खराब दिन चलिरहेका छन् । खुब आस गरेको ‘रुद्रप्रिया’ नराम्ररी डुब्यो । साम्राज्ञीराज्य लक्ष्मी शाहलाई लिएर हिट फिल्म दिने आर्यनको चाहना साम्राज्ञीकै कारण दिनानुदिन विवादित बनेको छ । आर्यनले निर्माण गरिरहेको ‘कायरा’को सुटिङ चलिरहँदा नै साम्राज्ञी दुई ठूला विवादमा फँसेकी छन् ।

यही बीचमा साम्राज्ञीको नितम्बको ट्याटु बाहिरियो भने यही समयमा उनले ‘गाउँले भूमिका गर्दिनँ’ भनेको खबर बाहिरियो ।  साम्राज्ञीका कारणले नै समयमै सुटिङका लागि फिलिपिन्स पुग्न नसकेका आर्यन दोहोरो खर्च गर्न बाध्य भएको समाचार छ । 

स्रोतका अनुसार फिलिपिन्समा सुटिङ गरिरहेका आर्यनको फिल्म युनिट ‘ओभर स्टे’को  चक्करमा परेको छ । यही कारण फिल्म युनिटको पासपोर्ट फिलिपिनो सरकारले जफत गरेको स्रोतले बतायो । ‘ओभर स्टे’को मुद्दामा सरकारसँग दुई विकल्प हुने गर्छन् । पहिलो समातेर डिपोर्ट गरिदिने वा जरिवाना लिएर भिसा थप गर्ने ।

स्रोतका अनुसार फिलिपिनो सरकारले जरिवाना लिएर भिजा थप गर्ने निर्णय गरेको छ । जसअनुसार आर्यनले जरिवाना बुझाएर भिसा थप्ने निर्णय गरेका छन् । भनेपछि ‘कायरा’ले आर्यनको राम्रै बजेट रित्याइरहेको छ । 
 

Leave A Comment