अदितीको निरस डेब्यु

आइतबार, ०६ फागुन २०७४, ०४ : ३० शुक्रवार
अदितीको निरस डेब्यु

अनमोल केसीको अपोजिटमा ‘कृ’ साइन गर्दा अदिती गुगलमा सर्वाधिक खोजिने सेलिब्रेटीमा परेकी थिइन् । अदितीको क्रेज थियो नै त्यस्तै । सामाजिक सञ्जाल इन्स्टामा अदितीलाई ‘फलो’ गर्नेको संख्या भारतका टप हिरोइनको भन्दा कम छैन तर नेपालमा  भने उनको फिल्म डेब्यु निरस बनेको छ । अनमोल केसीको अपोजिटमा फिल्म खेलेर पनि अदितीले आफूलाई पहिलो फिल्ममा खासै मार्क गराउन नसकेको चर्चा चल्न थालेको छ । 

फिल्म रिलिज नहुँदै कहिले पोर्नस्टार सन्नी लियोनसँगको तुलना त कहिले अनमोलभन्दा जेठी देखिएको टिप्पणीले अदितीको बोहनी खराब भएको थियो । फिल्म रिलिज भएपछि अदितीको अभिनय गज्जब भइदिएको भए यस्ता सबै अफवाहको दह्रो जवाफ हुन सक्थ्यो  तर दर्शक तथा समीक्षकले अदितीको अभिनयमा पनि सम्भावना नरहेको टिप्पणी गरेका छन् ।

अनमोल केसीको अपोजिटमा फिल्म खेल्ने हिरोइनहरूले अनमोलकै हाराहारीमा चर्चा पाएका छन् तर अदिती मात्र यस्तो अभागी बनेकी छन्, जसले फिल्मबाट सकारात्मकभन्दा नकारात्मक चर्चा ज्यादा बटुलेकी छन् । अनमोलसँग फिल्म खेल्दै डेब्यु सेफ गराउन खोजेकी अदितीको यही कदमले घातक देखिएको छ । हेरौं उनले यो कुरा कसरी अनुभव गरेकी छन् ।
 

Leave A Comment