बहारवाली  २–४ जना हुन्छन् नै

शुक्रबार, ०४ फागुन २०७४, ०४ : १२ शुक्रवार
बहारवाली  २–४ जना हुन्छन् नै

चालक विष्णुबहादुर श्रेष्ठ ,

गुरुजी कता जान लाग्नुभयो ?
नेपालगन्जको रुट हो । उतै जान लागेको ।

नाइट गाडी कहिलेदेखि चलाउन थाल्नु भएको ? 
१३–१४ वर्ष  जति भयो । 

नेपालगन्ज पुग्न कति समय लाग्छ ?
१४ घण्टा जति लाग्छ  । 

उमेर त भर्खरकै देखिन्छ । कति वर्षको हुँदा गाडी चलाउन थाल्नुभयो ?
१६÷१७ वर्षको उमेरदेखि यही गाडीमा खलासी गर्थें । खलाँसी गर्दागर्दै लामै रुटको गाडी चलाउन थालेको हो ।

विवाह गर्नु भएको छ कि छैन ? 
गरेको छु नि ! श्रीमती र २ जना छोरा–छोरी छन् । घर ललितपुर भए पनि उतै पढाएको छु । 

मागी विवाह गर्नुभयो कि भागी ? 
मागी विवाह गरेँ । लभ गर्नै जानिएन त्यो बेला । बाउआमाले हेरिदिएकै केटीसँग विवाह भयो । 

घरमा कतिको बस्नुहुन्छ ?
ड्राइभर भएपछि घरमा बस्न पाइन्छ र ? यसो, बेलाबखत मात्र हो ।  

ड्राइभरले घरवाली भए नि बाहरवाली राख्ने गर्छन् भन्ने सुन्निन्छ ? तपाईंको के छ ? 
हे...हे...हे, त्यो त नभनौँ होला । त्यस्तो त २–४ जना हुन्छन् नै, बोल्ने रमाइलो गर्नका लागि मात्र हो । बाहरवाली बनाउन चैँ हैन । 

नाइट गाडी चलाउँदा कतिको रमाइलो लाग्छ  ? 
रमाइलो नै लाग्छ  । आफ्नो पेसा हो । रमाइलो मान्नु परिगो नि !

अनि समस्या चैँ के छ नि ? 
समस्या त भनेर साध्य नै छैन । बाटोघाटो अप्ठ्यारो छ । जोगाउँदै कुदाउनुपर्ने हुन्छ । 
यहाँ ट्राफिक नियमको पालना कसैले गर्दैनन् । 

लामो दुरी गाडी चलाउने चालकले पिएर गाडी चलाउने गर्छन रे, हो ? 
खै ? मैले त पिउने गरेको छैन । मैले पिएँ भने त गाडी कसरी नेपालगन्ज पु¥याउनु ? कसै–कसैले पिउलान् । सबै मजस्तै ड्राइभर हुदैनन् नि ! 

१४ वर्ष गाडी चलाउँदा तपाईंका स्मरणीय क्षण ? 
एउटा घटना छ । पोखरातिर जान लागेको थियो एउटा जिप, त्यो एउटा गाडीसँग ठोक्किएको थियो । मान्छेको शरीर ल्याङफ्याङ भएको थियो । अहिलेसम्म कति दुर्घटना देखियो होला तर त्यो दुर्घटनाजस्तो आङ नै सिरिङ्ग पार्ने अहिलेसम्म देखेको छैन ।

Leave A Comment