महँगा जितु, महँगी स्वस्तिमा !

शुक्रबार, १९ माघ २०७४, ०२ : ५२ शुक्रवार
महँगा जितु, महँगी स्वस्तिमा !

सानिमा इन्स्योरेन्स कम्पनीको ब्रान्ड एम्बेस्डरका रुपमा चर्चित हास्य कलाकार जितु नेपाल र अभिनेत्री स्वस्तिमा खड्का छनोट भएका छन् । कम्पनीले मंगलबार एक विशेष कार्यक्रम आयोजना गर्दै यी दुई चर्चित कलाकारलाई सानिमा इन्स्योरेन्सको ब्रान्ड एम्बेस्डरका रुपमा स्वागत गरेको हो ।

दुई वर्षका लागि यी दुई चर्चित कलाकारहरूलाई अनुबन्धन गरिएको कम्पनीका बोर्ड कमिटी सदस्य खेम लामिछानेले बताएका छन् । पछिल्लो समय नेपालमा इन्स्योरेन्स कम्पनीको संख्या ह्वात्तै बढेका बेला चर्चित कलाकारलाई ब्रान्ड एम्बेस्डरका रुपमा भिœयाउने होडबाजी नै चलेको छ । जसका कारण नेपाल र खड्कालाई भिœयाउन सानिमा इन्स्योरेन्सले निकै मोटो रकम खर्चिएको गाइँगुइँसमेत चलेको छ ।

नेपालमा मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य सबैभन्दा महँगा ब्रान्ड एम्बेसडरका रुपमा चिनिन्छन् । उनीहरूपछि स्वस्तिमा र जितु नै महँगा ब्रान्ड एम्बेस्डर भएको केहीको दाबी छ । सन्तोष पन्तको ‘हिजोआजका कुरा’ टेलिभिजन शृंखलाबाट सानो पर्दामा देखापरेका जितु नेपाल सबैभन्दा धेरै स्टेज कार्यक्रम गर्ने, धेरै वटा देश पुगी नेपालीलाई कार्यक्रम प्रस्तुत गर्ने कलाकार रुपमा चिनिन्छन् । ‘जिरे खुर्सानी’ उनको सबैभन्दा चर्चित हास्य टेलिसिरियलका रुपमा चर्चित छ । यसैगरी ‘दुई रुपैयाँ’ फिल्मको ‘कुटुमाकुटु...’ गीतमा अभिनय गरेयता चर्चामा आएकी स्वस्तिमा खड्का ‘छक्का पञ्जा २’मा गरेको अभिनयपछि झनै लोकप्रियता चुल्याएकी अभिनेत्री हुन् ।

Leave A Comment