पोखरामा सेक्स टोय

शुक्रबार, १९ माघ २०७४, ०२ : ४६ मनोज घर्तीमगर
पोखरामा सेक्स टोय

एक महिना अगाडि एक जोडी पोखराको स्विट सपमा आए । पुरुष ३४/३५ र महिला ३०/३२ वर्ष जतिका थिए । ती पुरुष जापानबाट बिदामा आएका रहेछन् । कर्मथलो फर्कने बेला पत्नी र आफ्ना लागि सेक्स खेलौना खरिद गर्न त्यहाँ पुगेका थिए । दुवैले एकअर्काको अनुपस्थितिमा यौनको भोक मेटाउन खेलौनाको चयन गरेका थिए । दुवैले रोटेड टाइपका सेक्स खेलौना किने ।

सेक्स टोय पसलका सञ्चालक नारायण गिरीले अर्का ग्राहकका बारेमा समेत बताए । केही हप्ताअघि १९ वर्षे एक युवा उनको पसलमा आए । गु्रपसेक्स गर्दागर्दै कन्डम फुटेपछि परामर्श लिन उनी त्यहाँ पुगेका थिए । पहिलोपटक सेक्स अनुभव गरेका उनी त्यसको केही दिनपछि पसल छिरेका थिए । पसलमा सोधपुछ पछि उनले पाँच हजार पाँच सय मूल्यको खेलौना रोजे ।

नागढुंगामा रहेको उनको पसलमा बढेको ग्राहकको संख्याले पोखरेलीमाझ बढेको सेक्स खेलौनाको रहर देखाउँछ ।
उनका अनुसार यौन खेलौनाका ग्राहक ३० वर्ष माथिका धेरै छन् । आक्कलझुक्कलबाहेक किशोर उमेरका आउँदैनन् उनको पसलमा । एकल महिलासमेत उनका ग्राहक छन् । अधिकांश ग्राहक अनलाइन र टेलिफोनबाट सेक्स खेलौना मगाउँछन् ।
‘काठमाडौंमा कन्डमको व्यापार गरिरहेको थिएँ, त्यतिबेला नयाँ आइडिया फु¥यो’ नारायण भन्छन्, ‘नयाँ बिजनेस भएकाले सुरुमा गाह्रो भो, अहिले व्यापार राम्रो छ ।’

उनले करिब २० लाख रुपैयाँको लगानी गरेर सेक्स टोयको व्यापार सुरु गरेका हुन् । अहिले वार्षिक ३० लाखको कारोबार हुने गिरीले बताए । ‘सुरुसुरुमा म पसलमा हुँदा पुरुष ग्राहक त फरक्क फर्केर जान्थे । महिला पनि लाजले रातो अनुहार पार्थे,’ निलमले हाँस्दै भनिन्, ‘अहिले लजाउन छाडे । अलि गाह्रो मान्नेले फोनबाटै अडर गर्छन् ।’  
पोखरामा ‘सिंगल भेजिना’ देखि फुल बडी, महिला पुरुषको यौनाङ्ग, टू इन वान टोय, ब्याट्रीबाट भाइब्रेट हुने पुरुष यौनाङ्गको माग बढी छ ।

 

Leave A Comment