पूर्वमा भेटिए पल

बिहिबार, ०६ जेठ २०७३, ०२ : ५७
पूर्वमा भेटिए पल


व्यस्त भिडियो मोडल पल शाह धरानको पुरानोबजारमा एक युवतीसँग रोमान्टिक मुडमा देखिए । पललाई देख्नेबित्तिकै अन्य युवती पनि घेरा हाल्न आइपुगे । त्यहाँ त गीतको भिडियो पो छायांकन भइरहेको रहेछ, अनि पलसँग रमाउँने युवती चाहिँ मोडल अलिसा राई थिइन् ।

सारंगी वादक सुरेश गन्दर्भको गीत ‘धरानको पुरानो बजारमा’ लाई धरानका गायक बबिन लिम्बूले नयाँ भर्सनमा गाएपछि त्यसैको भिडियोमा नाच्न पल र अलिसा धरान आइपुगेका थिए । गीतको बोल अनुसारकै धरानका पुरानो बजार, विभिन्न चोक, मन्दिर, भेडेटार तथा धरानमा भर्खरै सुरु भएको प्याराग्लाइडिङमा समेत छायांकन गरिएको भिडियोमा नीलम थापा र रोशन श्रेष्ठले पनि अभिनय गरे । नमित चन्द ठकुरीको निर्देशन र रोशन श्रेष्ठको छायांकनमा निर्माण भएको भिडियो नयाँ वर्षको अवसरमा सार्वजनिक गरिने निर्माता सिल्भर इन्टरटेन्मेन्टका सौरभ श्रेष्ठले बताए ।

Leave A Comment