२०१८ का प्रतिक्षित (सम्भावित) लगनगाँठो

बिहिबार, २७ पुष २०७४, ०२ : ०८ शुक्रवार
२०१८ का प्रतिक्षित (सम्भावित) लगनगाँठो

सन् २०१७ धेरै टेलिभिजन एवं बलिउड जोडीलाई सुखद् वर्ष साबित भयो । राम्रा मानिएका केही बलिउड सेलिब्रिटीहरुले लगनगाँठो कसेर आफ्नो जीवनको ठूलो निर्णय लिए । अनुष्का शर्मा र विराट कोहलीको विवाहले धेरैलाई आकर्षित गर्यो । गत वर्ष मात्र सानो पर्दाका २० सेलिब्रिटीहरु विवाहमा बाँधिए ।
यस वर्ष धेरैभन्दा धेरै सेलिब्रिटीहरु विवाहमा बाँधिन सक्ने अनुमान बलिउडमा गरिएको छ । लामो समय प्रेममा रहेका उनीहरुमध्ये केहीको त स्वयंवर पनि भइसकेको छ । यहाँ प्रस्तुत छ सन् २०१८ का सम्भावित लगनगाँठो बारेको जानकारी :
१. दीपिका–रणवीर
अनुष्का र विराटको सिको गर्दै लामो समयदेखि प्रेममा रहेका बलिउडका हिट जोडी दीपिका पादुकोण र रणवीर सिंह विवाह बन्धनमा बाँधिन सक्ने प्रवल सम्भावना रहेको छ । केही दिन पहिले दीपिकाको जन्मदिन मनाउने क्रममा माल्दिभ्स गएका बेला रणवीरले दीपिकालाई स्वयंवरको औंठी दिइसकेको बताइन्छ ।
२. सोनम–आनन्द
आएका खबरहरुलाई सही मान्ने हो भने अनिल कपुर पुत्री सोनम कपुर र उनका लामो समयदेखिका व्यापारी प्रेमी आनन्द अहुजा यही मार्च महिनामा विवाहमा बाँधिन लागेका छन् ।
३. वरुण–नताशा
युवापुस्तामाझ निकै लोकप्रिय अभिनेता वरुण धवन लामो समयदेखि नताशा दलाल नामक प्रेमिकासँग प्रेममा रहेका छन् । बाल्यकालदेखि नै साथी रहेकी नताशालाई वरुणले मिडियाबाट बचाइरहेकै छन् । लामो समयदेखिको उनीहरुको प्रेम यही वर्ष विवाहमा परिणत हुन सक्ने खबरहरुमा जनाइएको छ ।
४. सलमान–युलिया
बलिउडमा दबंग ब्वाईको छवि बनाएका सलमान खानले कति प्रेमिका फेरे, त्यो जान्न उनकै इतिहास पल्टाउनु पर्ला तर केही वर्षदेखि उनी युलिया भन्तुरको प्रेममा अडिग भएर बसेका छन् । उमेर ढल्कदै गर्दा उनको र युलियाको विवाह यसै वर्ष होस् भनेर कामना गर्नेहरु धेरै छन् ।
५. नर्गिस–मट
बलिउडमा उदय चोपडासँग केही समय रसरंगमा रमाएकी नर्गिस फखरी हिजोआज हलिउड निर्देशक मट अलोन्जोसँग प्रेम गर्दैछिन् । उनीहरुको यसै वर्ष विवाह हुन सक्ने अनुमान छ ।
६. प्रतीक–सान्या
आमिर खानको फिल्म ‘धोबीघाट एक्सप्रेस’बाट लाइमलाइटमा आएका राज बब्बरका छोरा प्रतीक बब्बर प्रेमिका सान्या सागरसँग स्वयंवर गरिसकेका छन् । यसै वर्ष उनीहरुको विवाह हुनेछ ।
७. ऋचा–अलि
बलिउडकी प्रभावशाली अभिनेत्री ऋचा चड्ढा पछिल्लो समय अभिनेता अलि फाजलसँग प्रेम सम्बन्धमा रहेकी छन् । उनीहरु दुवैले आफ्नो प्रेम स्वीकारिसकेका छन् । हेरौं यसै वर्ष उनीहरुको प्रेमले मलजल हुने मौका पाउँछ कि !
८. रणवीर कपुर
युवापुस्तामाझ लोकप्रिय अभिनेता रणवीर कपुरलाई चकलेटी अभिनेताको उपमा दिइन्छ । सुन्दर वर्णका धनी उनले दीपिका पादुकोण र कट्रिना कैफसँग प्रेम साटे तर अहिले एक्लै छन् । गसिपहरुलाई आधार मान्ने हो भने उनका लागि आमा नितुले बलिउड बाहिरकी केटी छानिदिएकी छन् । हेरौं, उमेरले विवाह गर्न योग्य भइसकेका रणवीरले आमाको रोजाईलाई स्वीकार्दै विवाह नै पो गर्छन् कि !
९. कपिल–जिनी
कपिल शर्मा स्ट्यान्डअप कमेडीमा निकै रुचाइएको नाम हो तर पछिल्लो समय उनी आफ्नै कारण फ्लप हुँदै गइरहेका छन् । करियर ओरालो लाग्न थाले पनि उनले व्यक्तिगत जीवनलाई नयाँ अध्यायमा पु¥याउँदैछन् । लामो समयदेखि जिनी छतरथको प्रेममा रहेका उनले यसै वर्ष विवाह गर्ने अन्तर्वार्ताहरुमा बताउँदै आएका छन् ।
१०. मिलिन्द–अंकिता
उमेरले पाको भए पनि अभिनेता तथा अभियन्ता मिलिन्द सोनम आफ्नो उमेरभन्दा निकै नै कम उमेरकी नयाँ प्रेमिका अंकिता कुँवरसँग एक वर्षदेखि प्रेम सम्बन्धमा रहेका छन् । जति नै उडाइए पनि उनीहरु अडिग भएर जहाँ पनि सँगै पुग्दै आइरहेका छन् । खबरहरुका अनुसार उनीहरु यसै वर्ष विवाह गर्दैछन् ।
 

Leave A Comment