१० फिल्म जसले पैसा कमाएनन्, प्रशंसा कमाए

शनिबार, २२ पुष २०७४, ०१ : ५२ शुक्रवार
१० फिल्म जसले पैसा कमाएनन्, प्रशंसा कमाए

सन् २०१७ मा बलिउडमा मसला मानिने मूलधारका फिल्म बाहेकका शक्तिशाली फिल्म आए । मूलधार बाहिरका फिल्मले हिन्दी सिनेमाको कलाको क्षेत्रमा निकै नै सूक्ष्म र गहन छाप छोडेका छन् । राजकुमार रावको ‘ट्रयाप्ड’, कोन्कोणा सेन शर्माको ‘अ डेथ इन गञ्ज’ होस् वा आदिल हुसेनको ‘मुक्ति भवन’, यी सबै फिल्मले गएका बाह्र महिनामा केही हदसम्म सिनेमाको दृष्टिकोणलाई नयाँ रुपले हेर्न सहयोग पुर्याए । यति हुँदाहुँदै पनि यी फिल्मले चाहिने जति चर्चा परिचर्चा भने पाएनन् । यहाँ तिनै मूलधार बाहिरका अत्यधिक राम्रा तर चर्चा नकमाएका फिल्मबारे चर्चा गरिएको छ ।
हरामखोर
नवाजुद्दिन सिद्दिकी र श्वेता त्रिपाठी मुख्य भूमिकामा रहेको यस फिल्मलाई श्लोक शर्माले निर्देशन गरेका हुन् । ड्रामा जन्राको ‘हरामखोर’ले अपरिचित दृढता र प्रमाणिकताबारेको कथा भन्छ ।
फिल्मको कथा निकै गतिमान छ र त्यसले भयंकर रुप लिन्छ । ‘हरामखोर’को कथा भनिनु पर्ने कथा नै थियो । फिल्ममा नवाज विद्यालय शिक्षक श्यामको चरित्रमा छन् । कम उमेरकी छात्रा सान्ध्याको प्रेममा परेका श्यामको कथा निकै रोचक छ । सान्ध्याको भूमिकालाई श्वेताले चुस्त प्रस्तुति दिएकी छन् । फिल्मले यौन दुव्र्यवहार, सहमति र प्रेमको कथा भन्छ ।
अनारकली अफ अराह
कुनै फिल्ममा स्वारा भास्कर, सञ्जय मिश्रा र पंकज त्रिपाठी छन् भने तपाईंले कस्तो फिल्म अपेक्षा गर्नुहुन्छ ? पक्कै फिल्म ज्वलन्त हुन्छ । ‘अनारकली अफ अराह’ फिल्म रोमाञ्चक छ । फिल्ममा स्वाराले मुख्य भूमिका निभाएकी छन् । फिल्ममा सञ्जय मिश्राको पात्रसँग उनको कुनै सम्बन्ध भने छैन ।
‘अनारकली अफ अराह’ खासगरी महिलाको बारेमा हो र महिलाको रोजाईलाई नै फिल्मको केन्द्र बनाइएको छ । अनारकली निकै कामुक नृत्यंगना हुन्छे । ऊ आफूलाई कामुक नृत्यंगनाका रुपमा परिचित गराउन हरकदम चाल्न तयार हुन्छे । फिल्ममा अनारकलीका कुनै दृश्यमा खोट लगाउन सकिँदैन । फिल्म हेर्दा अरु कुरामा ध्यान मोड्नसमेत मन लाग्दैन । फिल्ममा ‘अनारकली’को दिमाग बोल्छ । उसलाई कुनै सहयोगीको खाँचो पनि पर्दैन । यति हुँदाहुँदै पनि उसले पंकज त्रिपाठीले निभाएको रंगिला पात्रले उसलाई सरसहयोग गर्छ । फिल्म लोभलाग्दो छ ।
पूर्णा : करेज ह्याज नो लिमिट
राहुल बोसले निर्माण गरेको फिल्म ‘पूर्णा’ यथार्थतामा आधारित फिल्म हो । राहुल बोस र अदिति इनामदर यस बायोग्राफिकल फिल्मका मुख्य पात्र हुन् । अदितिलाई पूर्णा मालावथको रुपमा चित्रण गरिएको छ । तेलांगना राज्यको परम्परागत परिवारमा जन्मेकी पूर्णाको साहसको कथालाई नै फिल्मले प्रस्तुत गरेको छ । कम उमेरमा संसारकै अग्लो हिमाल सगरमाथा आरोहण गरी सबैभन्दा कान्छी किशोरीको उपाधि पाएकी पूर्णाको साहस र संघर्षलाई फिल्ममा बुलन्द रुपमा देखाइएको छ । फिल्मले एक किशोरीको साहस, संघर्षसँगै आशाको कथालाई मन छुने पारामा चित्रण गरिएको छ ।
मेरी प्यारी बिन्दु
फिल्मले बक्स अफिसमा राम्रो रकम असुल्न सकेन तर सत्य भन्ने हो भने यसले कुनै चर्चा परिचर्चा पनि कमाएन । सूक्ष्मतालाई ख्याल नगर्ने बलिउड यसको दुश्मन साबित भयो । ‘मेरी प्यारी बिन्दु’मा आयुषमान खुराना र परिणिति चोपडालाई असल साथी भइकन एक अर्कालाई मन नपराउँदा नपराउँदै जोडी भएको देखाइएको छ । परिणितिको कामुकतालाई धेरै देखाइए पनि उनको पात्र आयुषमानको पात्रसँग फिल्ममा जमेको छ र चम्केको पनि छ । फिल्म हेर्न लायक छ । यसमा भएका सुमधुर गीतहरु प्लस प्वाइन्ट हुन् ।
तु हे मेरा सन्डे
भारतमा आइतबार भनेकै रमाइलो दिन हो किनभने भारतमा आइतबार बिदा साप्ताहिक बिदा दिने चलन छ । मिलिन्द धैमडेको ‘तु हे मेरा सन्डे’ रोमान्टिक कमेडी फिल्म हो । फिल्मले एक मानिसको दैनन्दिनी संघर्षलाई सूक्ष्म रुपमा केलाएको छ । बरुण सोब्ती, सहाना गोस्वामी, अविनाश तिवारी, रासिका डुगल, मान्भी गाग्रु र विशाल मल्होत्रा अभिनित फिल्म वास्तविक जीवनको नजिक छ । सुन्दर, प्रीतिकर यो फिल्म तपाईंले बिदाको दिन हेर्दा तपाईंको समय फलदायी हुन सक्छ ।
अ डेथ इन गञ्ज
कोन्कोणा सेन शर्माको निर्देशकीय डेब्यु फिल्ममा रणवीर शोरे, ओम पुरी, तनुजा, कल्की कोचलिन र तिलोत्तमा सोमेको अभिनय देख्न सकिन्छ । तर मज्जाले बगेको फिल्मको रियल स्टार भने विक्रान्त मासे हुन् । फिल्ममा मासेलाई मुख्य कलाकारका रुपमा सुटुको चरित्रमा देख्न पाइन्छ । फिल्ममा उनले मोलेको जोखिमलाई सटिक रुपमा प्रस्तुत गरिएको छ । ‘अ डेथ इन गञ्ज’ डार्क ड्रामा हो । फिल्मले प्रेम, त्याग र अवसादको कथा भन्छ । यो फिल्म हेरिसकेपछि तपाईंलाई यी सबै तीन वटा कुराबारे गहिरो रुपमा सोच्न र कडा मिहिनेत गर्न प्रेरित गर्छ ।
सेफ
‘सेफ’ सोही नामको हलिउड फिल्मको आधिकारिक हिन्दी रिमेक हो । फिल्ममा सैफ अलि खान, पदमप्रिया जनकिरामन र सभर काम्ब्लेलाई मुख्य कलाकारका रुपमा देख्न सकिन्छ । फिल्मको प्लट हलिउडको फिल्मसँग मिल्न गए पनि सैफ अलि खान अभिनित यस फिल्मले बाबु–छोरा सम्बन्धमा नयाँ आयाम दिने काम गरेको छ । फिल्म हेरिसकेपछि तपाईंको दृष्टिकोणमा परिवर्तन ल्याइदिनेछ । सेफ खानेकुरा र परिवारलाई माया गर्ने सबैलाई रुचिकर फिल्म हुनेछ ।
मुक्ति भवन
शुभाषीश भुटियानीले निर्देशन गरेको एवं सहलेखन गरेको यो फिल्ममा आदिल हुसेन र ललित बहलको अभिनय देख्न सकिन्छ । मुक्ति भवनको कथाले एक बूढो मानिसको पवित्र सहर बनारसमा अन्तिम श्वास फेर्न चाहने कुरालाई व्यक्त गरेको छ । बनारस जान उसले छोरासँग सहयोग माग्छ । यात्रामा जाँदा कथाले अर्कै मोड लिन पुग्छ । बाबुलाई बनारस पु¥याउन छोराले साथ दिन्छ । के बाबुको रहरका लागि छोराले आफ्ना काम काज र जिम्मेवारीलाई पन्छ्याउँदै बाबुको यात्रालाई लोभलाग्दो बनाउला ? जान्न फिल्म हेर्नैपर्छ । धेरैभन्दा धेरै दर्शकको अपेक्षालाई समेट्ने फिल्म हेर्न लायक छ ।
ट्रयाप्ड
विक्रमादित्य मोटवानीको रोमाञ्चकारी फिल्ममा राजकुमार राव निकै खुलेका छन् । फिल्मले एक मानिसको संघर्ष र आशाको कथा भन्छ । ठूलो भवन निर्माणका क्रममा छुटेको कामदारको ज्वलन्त कथामा नै फिल्म बनेको हो । ठूलो भवनमा फँसेको मान्छेको रुपमा राजकुमार सहज र यथार्थ लाग्छन् । फिल्मभरि राजकुमारलाई परेको फसाद दर्शक आफैँलाई परेको महसुस हुन्छ ।
करिब करिब सिंगल
तनुजा चन्द्राको फिल्ममा मलायलम अभिनेत्री पार्थवीको बलिउड डेब्यु चित्ताकर्षक छ । अझ प्रतिभाशाली इरफान खान मुख्य अभिनेता रहेको यो फिल्म ओजपूर्ण छ । फिल्मलाई दुवै जनाको न्यायसंगत भूमिकाले परिपक्व बनाएको छ । फिल्मको कथाले डेटिङ साइटमा भेटिएका दुई अधबैंसेको प्रेमलाई अलग तर स्वादिलो रुपमा प्रस्तुत गर्छ । इरफान र पार्थवीको प्रेमपूर्ण अभिव्यक्तिले फिल्मलाई रोचक बनाएको छ ।

Leave A Comment