कपालमा मेहन्दी लगाउनुअघि ध्यान दिनुपर्ने कुरा

शनिबार, २२ पुष २०७४, ०१ : १८ शुक्रवार
कपालमा मेहन्दी लगाउनुअघि ध्यान दिनुपर्ने कुरा

कपाल राम्रो बनाउने रहर हामी सबैको हुन्छ । कपाल राम्रो देखिँदा मान्छेको व्यक्तित्व विकासमा प्रभाव पर्छ । कपालमा कलर मेहन्दी लगाउनुअघि केही कुरामा ध्यान दिनुपर्छ  ।
—यदि तपार्इंले एकपटक कपालमा मेहन्दी लगाइ सकेपछि अब केही महिनासम्म ढुक्क भइयो भनेर सोच्नुभएको छ भने त्यो गल्ती हो । मेहन्दी गरिसकेपछि केही दिनसम्म कपाल राम्रो हुन्छ, तर त्यसपछि दिनदिनै त्यसमा गिरावट आउँछ । त्यसकारण पहिलेदेखि नै ख्याल गर्नु राम्रो हुन्छ ।
— मेहन्दी लगाएपछि जब कपाल धुनुहुन्छ, त्यसबेला चिसो पानी मात्रै प्रयोग गर्नुपर्छ । यसले कपालबाट धेरै कलर जानबाट रोक्छ ।
—मेहन्दी लगाएपछि तपाईंले धोएको कपालको पानी नतैरियोस् भन्नका लागि हल्का रंगको तौलिया र हल्का रंगको कपडा लगाउनु पर्छ । नत्र तपाईंको कपडामा कपालको रंग बस्न सक्छ ।
—मेहन्दी कलर गरेपछि छिटोछिटो कपाल धुने नगर्नुहोस् । त्यसो गरेमा कपालको मेहन्दी छिट्टै फिका हुनसक्छ ।
— कपालमा मेहन्दी गरेर नधुँदा चायाँ पर्ने सम्भावना पनि हुन्छ, यसबाट पनि बच्नुपर्छ ।
— कपालमा मेहन्दी गर्नुअघि पञ्जा लगाउन भुल्नु हुँदैन । अन्यथा तपाईंको हातमा मेहन्दी लाग्छ । त्यसलाई सफा गर्ने अर्को झण्झट पर्छ ।
 

Leave A Comment