सामाजिक सञ्जाल स्टार कुकुर

शनिबार, २२ पुष २०७४, १२ : ४३ शुक्रवार
सामाजिक सञ्जाल स्टार कुकुर

मरेको चार वर्षपछि एक कुकुर सामाजिक सञ्जालमा रातारात स्टार भएको छ । सन् २०१३ मा मरेको ज्याक रसेल नामको कुकुर सामाजिक सञ्जालमा हिरो भएको हो । विज्ञ टेक्सीडर्मीस्टहरुले मिच बाइअर्स नामका २६ वर्षे धनी उक्त कुकुरलाई मरेपछि जीवितजस्तै बनाएर जीवन्त कलाका रुपमा प्रस्तुत गरिँदिदा ज्याक हिरो भएको हो । ज्याकका धनी मिचले सामाजिक सञ्जालमा ‘माई डेड डग एन्ड मी’ नामको पेज बनाइदिएका छन् । मरेपछि कुशल टेक्सीडर्मीहरुले उसलाई कपास र भुवा राखेर कलात्मक बनाइदिएपछि हिजोआज इन्स्टाग्राममा एक हजार सात सयभन्दा बेसी प्रशंसकहरु उसका तरिका तरिकाका फोटोहरु हेरर मख्ख पर्न थालेका छन् ।

अमेरिकाको ओरेगोनस्थित पोर्टल्यान्डका मिचले आफ्नो कारमा मरेको कुकुरको तस्बिर राखेको केही समयमै भाइरल भएको थियो । मिचले मरेको कुकुरलाई साक्षी राखेर ऊ जीवत छँदाका क्षणहरुलाई स्मरण गर्दै समय समयमा भावुक तस्बिर पोस्टिदै आइरहेका छन् । मिचका अनुसार ट्रक दुर्घटनामा ज्याक मरेको थियो । आफ्नो जीवनको अभिन्न अंग भएको कुकुर बितेपछि पनि सबैबाट भावनात्मक प्रतिक्रिया पाउँदा मिच निकै खुसी भएको र ज्याकसँगका पुराना यादहरु फर्कने गरेको बताउँछन् ।

Leave A Comment