अन्तरिक्षमा कबाब

शनिबार, २२ पुष २०७४, १२ : ३९ शुक्रवार
अन्तरिक्षमा कबाब

अन्तरिक्षमा पुग्ने पहिलो परिकार कबाब भएको छ । पास्कल लेउटहोल्ड नामका एक व्यापारीले वेदर बेलुनको सहायतामा केही दिन पहिले १२४,००० फिटमाथि कबाब पठाएका हुन् । स्वीट्जरल्यान्डको जुरिचका मानिसहरुले रोमाञ्चकारी यात्रामा रहेको कबाबलाई अन्तरिक्षमा यात्रा गरेको दुई घन्टापछि भुईंमा खसेको देखेका थिए । भुईंमा खस्दा कबाब सम्पूर्ण रुपमा जमिसकेको थियो ।

पास्कलले कबाबलाई अन्तरिक्षमा पठाउनुपूर्व तीन महिनादेखि अभ्यास गर्दै आइरहेका थिए । जुरिचमा रहेको आफ्नो रेस्टुरेन्टको उद्घाटन गर्ने नौलो रणनीतिबमोजिम कबाबलाई अन्तरिक्षमा पुर्याएको उनले बताएका छन् । पास्कल भन्छन्, ‘हामीले हाम्रो रेस्टुरेन्टको नयाँ शाखालाई संसारभर कसरी थाहा दिने त भन्दा नै कबाबलाई अन्तरिक्ष पु¥याउने विचार आएको हो ।’ अन्तरिक्ष पठाउँदा कबाब जम्दै गरेको हेर्न निकै रमाइलो भएको पास्कल बताउँछन् । ‘हामीले कबाबको यस्तो रोमाञ्चकारी यात्रा होला भनेर कल्पना नै गरेका थिएनौं । निकै माथि आकाशमा निकै चिसो हुने हुँदा सम्पूर्ण कबाब मज्जाले जमेको थियो ।

पास्कलले साथीहरुसँग हँसीमजाक गर्दै वृहत रुप लिएको यस कार्य गर्न उनीहरुले तीन महिनादेखि योजना बनाएका थिए । कबाबलाई जमिनबाट अन्तरिक्ष पठाउँदादेखि जमिनमा झार्दासम्मको प्रक्रियालाई उनीहरुले भिडियोमा सविस्तार खिचेका थिए । कबाबलाई अन्तरिक्ष पु¥याएपछि आफूहरुको चर्चा परिचर्चा हुन थालेपछि जुरिचको अयुवेर्दी रेस्टुरेन्टका सञ्चालकहरु गद्गद् छन् ।

Leave A Comment