मर्द खोज्दै पोखरामा कोमल

बिहिबार, २० पुष २०७४, ०२ : ४७ शुक्रवार
मर्द खोज्दै पोखरामा कोमल

‘बासै पर्यो आज राति पोख्रेलीको घरमा

किन आँखा लाइरहन्छौं मेरो डण्डीफोरमा

कोही मर्द छौ भने आऊ खेलौं जुहारी’


चर्चित गायिका कोमल वली यही गीत गाउँदै स्टेजबाट दर्शकमाझ ओर्लेपछि पोखरेली युवा उनीसँगै नाच्न कस्सिए । कतिपयले म छु भन्ने संकेत गर्दै थिए भने कोही वलीसँगै सेल्फी खिच्न पुगे । अंग्रेजी नयाँ वर्ष २०१८ को अवसरमा रेवान पोखराले गरेको १९ औं पोखरा सडक महोत्सवका अवसरमा शनिबार ओलीले गीत गाउँदै थिइन् ।

‘पोइल जान पाम् शिव’ की गायिका वलीले यसपालि कोही मर्द छौ भने आऊ खेलौं जुहारीसहित आधा दर्जन गीत पस्किइन् । ‘कालो टोपी, कालै छ टोप, नबोले नि हाँसिदेऊ के भो त, लरिलरि है यो जोवान तिम्लाई हो सधैँभरिलाई...।’ ढल्किँदो उमेरसम्म अविवाहिता तर केटाकेटी, युवा र पाको उमेरका जो कोहीलाई पनि मन छुने गीत गाएर  मनोरञ्जन दिन सक्ने गायिका कोमलले गीत गाउने क्रममा युवतीलाई सुझावसमेत दिइन् । ‘छोरी मानिस साहसी बन्नुपर्छ, आफूलाई कहिल्यै कमजोर सोच्नु हुन्न र सधैँ अघि बढ्नुपर्छ,’ उनले भनिन् ।

उनले ‘महादेवलाई फकाई फकाई पोई माग्ने हौ रे...’, ‘मलमल किरी जूनकीरी,’ ‘उसले भन्यो, हे नानी गाजले,’ ‘म त मरेँ लाजले’ गाउँदै अन्तिममा ‘मै मोरी नक्कलीलाई बालै भएन...’ गाउँदै प्रस्तुति टुंग्याइन् ।

Leave A Comment