रेखा रिटन्र्स ?

शनिबार, १५ पुष २०७४, १२ : ४३ शुक्रवार
रेखा रिटन्र्स ?

सन् २००१ मा रेखा थापाले छवि ओझाको फिल्म ‘हिरो’बाट डेब्यु गरेकी थिइन् । कहिले बलिउडका हिट फिल्मका नाम त कहिले कथा साभार गरेर फिल्म बनाउँदै आएका ओझाले यो नाम ज्याकी श्राफको पहिलो फिल्मबाट उडाएका थिए । तर, अक्कल बिनाको नक्कलले के काम गथ्र्यो ? फिल्म पिटियो । तर, रेखा थापा चर्चित भइन् । त्यसमा पनि फिल्मभन्दा छवि ओझासँगको सम्बन्ध ज्यादा जिम्मेवार थियो । पछि जता जे भए पनि  ‘हिरो’ रेखाको जीवनको टर्निङ प्वाइन्ट थियो ।

पहिलो हिरो बनेको १६ वर्षपछि उही नाम सापटी लिँदै सविन श्रेष्ठले ‘हिरो रिटन्र्स’ शीर्षकमा फिल्म बनाएका छन् र हिरोइनमा उही रेखालाई दोहो¥याएका छन् । तर, जसरी पहिलो फिल्म खेल्दा रेखा जिरो थिइन्, अहिले लगभग त्यही अवस्थामा छिन् । सामाजिक प्रतिष्ठा घटिरहेको छ, फिल्मले दर्शक पाउन छाडेका छन् । यस्तोमा आउँदो वर्षमा रिलिज हुन लागेको ‘हिरो रिटन्र्स’ले रेखालाई पनि रिटन्र्स गराउला ?

Leave A Comment