ट्रेलरमै नक्कल !

शनिबार, १५ पुष २०७४, १२ : ४० शुक्रवार
ट्रेलरमै नक्कल !

बन्ने बेलादेखि नै ‘कृ’को सानो हल्ला छैन । कहिले अनमोल केसीको पारिश्रमिक त कहिले अनमोलले ज्यान बनाउन गरेको मिहिनेतको हल्लाले ‘कृ’ वर्षकै सबैभन्दा बढी हल्लीखल्ली भएको फिल्म बनेको छ । हल्ला अनुसार फिल्मको ट्रेलर पनि सबैले दमदार अपेक्षा गरेका थिए ।  ट्रेलर दमदार नै छ तर सँगसँगै यसलाई नक्कलको आरोप पनि लागेको छ । सार्वजनिक भएसँगै भाइरल भएको ट्रेलरलाई धेरैले बलिउड फिल्म ‘डन २’को नक्कल भएको भनी आलोचना गरेका छन् । फिल्ममा शाहरुखले हिन्दी भाषामा बोलेको संवादलाई अनमोलले नेपालीमा हुबहु उल्था गरेर बोलेका छन् ।

अनमोललाई चोरीको आरोप लागेको पहिलो घटना भने होइन । ‘जेरी’लाई पोस्टर चोरीको आरोप लागेको थियो भने ‘ड्रिम्स’मा कथावस्तु नै अंग्रेजी फिल्मबाट उडाइएको थियो । ‘गाजलु’को दोस्रो हाफ चेतन भगतको उपन्यासबाट प्रभावित मानिएको थियो । एउटा फिल्म खेल्न ५० लाखसम्म पाउन थालेका अनमोलले पाएको अलिकति पैसा मौलिक कुरा सोच्नेलाई पनि छुट्याउने हो कि ?

Leave A Comment