फिल्म छाडेर अस्ट्रेलिया

शनिबार, १५ पुष २०७४, १२ : ३८ शुक्रवार
फिल्म छाडेर अस्ट्रेलिया

नेपालका हिरो हिरोइनका लागि फिल्म दिनदिनैको दालभात जस्तै छ । जसरी दिनदिनैको दालभातमा मान्छेलाई चाख हुन्न त्यस्तै अवस्था हाम्रा कलाकारको पनि छ । त्यसैले त कलाकार फिल्मको प्रमोसन होस् वा रिलिज आफूअनुकूल समय छ भने गई टोपल्छन्, छैन भने बालै दिन्नन् । कलाकारको यस्तै व्यवहारको सिकार बनेको छ, ‘मिस्टर झोले’ । फिल्ममा दयाहाङ राई, वर्षा राउत, दिया पुन आदि कलाकार छन् तर फिल्मका मुख्य कलाकार नै यति व्यस्त छन् फिल्म रिलिजको संघारमा छ तर प्रचारका लागि कलाकार नै छैनन् । दयाहाङ सुटिङमा छन्, दिया लन्डनमा । वर्षा राउत फुर्सदमा थिइन्, तर उनले पनि यतिबेलै अस्ट्रेलिया उड्ने साइज जुराएर उडिसकेकी छन् ।

सफलतामा ह्याट्रिक गरेकी वर्षाले त्यसयता गति समाउन सकिनन् । ‘छक्का पन्जा’बाट प्रशंसा कमाएकी वर्षाले ‘छक्का पन्जा २’मा उल्टै गाली खाइन् । ‘मेरो पैसा खोई’लाई दर्शकले चासै दिएनन् । न नयाँ फिल्मका अफर न रिलिजका लागि धेरै फिल्म, फुर्सदै फुर्सदमा रहेकी उनलाई  ‘मिस्टर झोले’ मन बुझाउने फिल्म बन्न सक्थ्यो तर उनले त्यसलाई मतलब नै नगरी अस्ट्रेलिया उडेकी छन् । कलाकारले नै मतलब नगरेका फिल्मलाई दर्शकले पनि मतलब गर्दैनन् । कतै ‘मिस्टर झोले’ले यो नियति भोग्न नपरोस् ।

Leave A Comment