मानव बेचबिखन नियन्त्रण गर्न एप

बिहिबार, १३ पुष २०७४, १२ : ४३ शुक्रवार
मानव बेचबिखन नियन्त्रण गर्न एप

बढ्दो बालबलिका तथा चेलिबेटी बेचबिखन न्यूनीकरण गर्न बेचबिखनमा संलग्न दलालको अनुहार पहिचान गर्ने एप्स सुरुवात गरिएको छ । शुक्रबार माइती नेपालले ‘खोजी’ एप्सको सुरुवात गरेको छ । बर्सेनि ५ हजारदेखि १० हजार महिला तथा बालबालिका नेपालबाट बेचबिखनमा पर्ने समस्या रोक्न यस एप्सले सहयोग गर्ने विश्वास माइती नेपालकी अध्यक्ष अनुराधा कोइरालाको छ ।

कोइरालाले शुक्रबार खोजी एप्सबारे जानकारी गराउन आयोजना गरेको पत्रकार सम्मेलनमा माइती नेपालका देशभरिका १४ स्थानमा रहेको ट्रान्जिट होमबाट एप्स कार्यन्वयनमा ल्याइसकेको बताइन् । ‘जोखिममा परेका चेलिबेटी तथा बालबालिकाहरूको खोजी तथा उद्धार कार्य गर्न र जोखिममा पर्न नदिने एप्स कार्यान्वयनमा ल्याएका छौं,’ अध्यक्ष कोइरालाले भनिन्, ‘समयको परिवर्तन साथै हामीले प्रविधिको प्रयोगबाट खोज एप्सको सहायताले बेचबिखनमा पर्नेलाई रोक्न सहयोग मिल्छ,’ उनले थपिन्, ‘अब पुलिस अगाडि र चोर पछाडि हिँड्छ ।’

माइती नेपालको केन्द्रिय कार्यालयमा एउटा एप्स जडान गरिने र बाँकी नेपालका विभिन्न नाकामा रहेको १४ वटा ट्रान्जिट होमका ३० सीमा निगरानीकर्तालाई एन्ड्रोइड मोबाइलको सहयोगमा खोजी एप्स डाउनलोड गरिनेछ । ‘चेलिबेटी तथा बालबालिका हराएपछि परिवारका सदस्यहरूले माइती नेपालमा फोटोसहितको निवेदन दिएका हुन्छन् । त्यही आधारमा माइती नेपालले आफ्नो सर्वरको डाटाबेसमा गोप्य सूचनाहरू सुरक्षित राख्छ,’ माइती नेपालका निर्देशक विश्वराम खड्काले नागरिकसँग भने, ‘नाकामा तैनाथ निगरानीकर्ताहरूसँग स्मार्ट मोवाइलमा भएको खोजी एप्सले सिमा काट्ने, वेवारिसे, अलपत्र तथा शंकास्पद अवस्थामा रहेकाको फोटो खिच्नसाथ केन्द्रको डाटाबेसमा अपलोड हुन्छ । निगरानीकर्ताले दिएको सूचना हाम्रो डाटाबेसमा रहेको सूचनासँग मेल  खाए/नखाएको पत्ता लगाइ हराएको व्यक्ति पत्ता लगाउन र चोर समात्ने काममा यसले सघाउ पुर्याउँछ ।’

अमेरिकी आइटी कम्पनीका सदस्य समीर पन्थीले अमेरिकामा उनको कम्पनीले रेप किट बनाएर प्रयोगमा ल्याउँदा सकरात्मक उपलब्धी मिलेको बताउँदै उनले आपूm नेपाली भएको नाताले यहाँ वृद्धि भइरहेको चेलिवेटी बेचबिखन र बाबालिका बेचबिखनलाई न्यूनीकरण गर्न एप्स बनाएको बताए । अमेरिकाको ‘नाउ इट’ र भारतको ‘फेस टागर’ आइटी कम्पनीको सहयोगमा सो अप्स बनाइएको हो ।

Leave A Comment