पाहुना स्वागतमा गुञ्जियो भेडेटार

बिहिबार, ०६ जेठ २०७३, ०२ : ५५
पाहुना स्वागतमा गुञ्जियो भेडेटार

नयाँ वर्षमा आउने पाहुनाको स्वागतमा भेडेटारवासीले सांगीतिक कार्यक्रम आयोजना गरेका छन् ।

हरेक साल नयाँ वर्षका पाहुनालाई स्वागत गर्दै उत्सव मनाउँदै आएका भेडेटारवासीले यसपटक भने सांगीतिक कार्यक्रमसहित रमाइलो बनाए । भेडेटार होटल एसोसिएसनले आयोजना गरेको सांगीतिक कार्यक्रममा गायक मिङ्मा शेर्पा, विनोद खम्बू तथा आउटसाइडर र वाकिङ क्लाउड ब्यान्डले गीत सुनाएर दर्शकलाई मनोरञ्जन दिए ।


स्थानीय कलाकारको प्रस्तुतिसमेत रहेको कार्यक्रममा गरिमा डान्स सेन्टरले नृत्य प्रस्तुत गरेको थियो । कहिले चंगा चेट त कहिले उत्सव आयोजना गर्दै आएका भेडेटारवासीले यसपटक भने पाहुनालाई फरक तरिकाले मनोरञ्जन दिन सांगीतिक कार्यक्रम आयोजना गरिएको एसोसिएसनका अध्यक्ष लीलाराज लावतीले बताए ।

Leave A Comment