गद्गद् मेगन

शुक्रबार, ०७ पुष २०७४, ११ : ५४ शुक्रवार
गद्गद् मेगन

बेलायतका राजकुमार ह्यारीसँग आगामी वसन्तमा विवाहमा बाँधिन लागेकी अमेरिकी अभिनेत्री मेगन मर्केल राजकुमारसँग सम्बन्धमा जोडिन पाउँदा त खुसी थिइन् नै अझ उनलाई फेरि एकपटक गद्गद् हुने अवसर जुटेको छ । कुरा के भने ह्यारीको चुरोट पिउने नराम्रो बानी थियो । आफूहरुको विवाह नजिकिदै गर्दा ह्यारीले आफ्नो नराम्रो आदत छोडेको समाचारहरुमा आएको छ । खबरहरुका अनुसार आफ्नी प्रेमिका मेगनलाई खुसी पार्न नै ह्यारीले चुरोट छोडेको बताइन्छ । ह्यारीको चुरोट पिउने बानीकै कारण उनीहरुको प्रेममा दखलसमेत पुगेको थियो । चुरोट पिएर आएका ह्यारीसँग प्रेमालाप गर्दा मेगनलाई सुर्तीको गन्धले दुःखी बनाउँथ्यो । माउथ फ्रेसनरको उच्च मात्रामा प्रयोग गर्दै आएका ह्यारीले अन्त्यमा मेगनलाई खुसी राख्न नराम्रो आदत छोडेपछि उनी गद्गद् भएकी हुन् ।

Leave A Comment