सेलेना–जस्टिनको नयाँ वर्ष तयारी

शुक्रबार, ०७ पुष २०७४, ११ : ५२ शुक्रवार
सेलेना–जस्टिनको नयाँ वर्ष तयारी

युवापुस्तामाझ निकै लोकप्रिय हलिउड गायक जस्टिन बिबर र सेलेना गोमेजले नयाँ वर्ष धुमधामका साथ सँगै मनाउने भएका छन् । क्रिसमसको कुनै तयारी नगरेका उनीहरुले नयाँ वर्ष भने न्युयोर्कमा मनाउने भएका हुन् । सन् २०१८ को स्वागतार्थ उनीहरु त्यहाँको निकै चर्चित बिग एप्पलमा सँगै प्रस्तुत हुने भएका हुन् । अचेल उनीहरुलाई एकसाथ डिनर गर्दै गरेको, सपिङमा गएको एवं साइक्लिङमा सहभागी भएको देख्न पाइएको थियो । केही वर्षअघि प्रेम सम्बन्ध विच्छेदमा रहेका उनीहरु केही साता पहिले  मात्रै प्रेम पुनर्मिलन भएको थियो ।

Leave A Comment