सन्नीलाई प्रहरीको अवरोध

शुक्रबार, ०७ पुष २०७४, ११ : ४२ शुक्रवार
सन्नीलाई प्रहरीको अवरोध

बलिउड हट बाला सन्नी लियोनले बेंगलरुमा नयाँ वर्षको अवसरमा तामझामको प्रस्तुति दिने भनिएको कार्यक्रमलाई त्यहाँको प्रहरीले अस्वीकार गरेको छ । बेंगलारु प्रहरी कमिस्नर टि सुनील कुमारले सहरमा हुन लागेको सन्नीको कार्यक्रम ‘नियम कानुनको पालना गर्नका लागि’ गर्न नदिएको बताए । अझ उनले कार्यक्रमकै कारण असुरक्षाको आभास हुन सक्ने भन्दै यस्तो निर्णय गर्नुपरेको बताएका छन् । प्रहरीले यस्तो निर्णय गर्नुका पछाडि अर्को कुरा पनि जोडिएको छ । आगामी डिसेम्बरको अन्तिममा हुन लागेको रात्रिकालीन सांगीतिक प्रस्तुतिलाई लिएर गत शुक्रबार कर्नाटक रक्षणा वेदिकेका सय जना जति प्रदर्शनकारीले समेत कार्यक्रम गर्न नदिने भन्दै हुलदंगा गरेका थिए ।

Leave A Comment