महिला फुटबल साफ भयाे

शुक्रबार, ०७ पुष २०७४, ११ : ३१ शुक्रवार
महिला फुटबल साफ भयाे

नेपाल यु–१५ महिला साफ च्याम्पियनसिप जित्ने लक्ष्यसहित बंगलादेश गएको थियो । तर सुरुआतमै नेपालले आयोजक बंगलादेशसँग लज्जास्पद हारको सामना गर्नुपरेको छ । नेपालले सुरुआतमै बंगालदेशसँग ६–० ले नतिजा सुम्पिएको थियो । अब नेपालले भारतसँग खेल्दैछ । प्रतियोगिताको फाइनलमा पुग्न नेपाललाई भारतविरुद्ध जित अनिवार्य निकाल्न पर्नेछ । ढाकास्थित वीर श्रेष्ठ सिपाही सहिद मोहम्मद मोस्ताफा कमल रंगशालामा हुने भारतविरुद्धको खेल गुमाएमा नेपाल अन्तिम खेलअघि नै च्याम्पियनसिपबाट बाहिरिनेछ ।

बंगलादेशसँग पराजित भएपछि नेपाल सुरुआतमै दबाबमा छ । बंगलादेशविरुद्ध सबै पक्षमा निरीह बनेको नेपालले कुनै पनि बेला विपक्षीको पोस्टमा धावा बोल्न सकेन । तथापि नेपाली टोलीकी प्रशिक्षक गंगा गुरुङले बंगलादेशविरुद्ध मिडफिल्डमा कमजोरी भएको भन्दै बाँकी खेलमा सुधारिएको प्रदर्शन गर्ने बताएकी छिन् ।
‘छोटो तयारीका बाबजुद टोलीले गरेको प्रदर्शनमा सन्तुष्ट छु,’ प्रशिक्षक गुरुङले भनिन्, ‘भारतविरुद्ध हाम्रो रणनीतिमा परिवर्तन हुन्छ ।’ प्रतियोगितामा पहिलो चरणको खेल सकिँदा समान ३ अंकका साथ बंगलादेश  र भारत क्रमशः पहिलो र दोस्रो स्थानमा छन् । अंक खाता खोल्न नसकेको नेपाल र भुटान क्रमशः तेस्रो र चौथो स्थानमा छन् । टोलीले राउन्ड रोबिन लिगका आधारमा भएको प्रतियोगिताको शीर्ष दुईले फाइनल खेल्नेछन् ।
नेपालले अन्तिम खेलमा बिहीबार भुटानविरुद्ध खेल्दै छ । बिहीबारै अर्को खेलमा भारतले बंगलादेशसँग खेल्नेछ ।

यता पहिलो खेलमा भुटानमाथि ३–० को सहज जित हात पारेको भारत पनि नेपालमाथि सहज नतिजा निकाल्न शीर्ष दुईमा स्थान बनाउने लक्ष्यमा हुनेछ । मंगलबार हुने अर्को खेलमा बंगलादेशले भुटानको सामना गर्दै छ । लिग चरणको अन्तिम खेलमा नेपालले भुटानसँग र भारतले बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ ।

Leave A Comment