कहिलेसम्म ‘साथी’को नाटक ?

शुक्रबार, ०७ पुष २०७४, १० : ३१ शुक्रवार
कहिलेसम्म ‘साथी’को नाटक ?

दुनियाँलाई थाहा भइसक्यो पल शाह र आँचल शर्माका बीचमा गहिरो प्रेम छ । निर्माता निर्देशकले पनि उनीहरुको मर्म बुझेर नै होला प्याकेजमा डिल गर्न थालेका छन् । जहाँ पललाई लिनु छ त्यहाँ आँचल पनि अटाउनु पर्यो । अझ म्युजिक भिडियोमा त कुरै भएन । पल र आँचलले बेग्लाबेग्लै खेलेका म्युजिक भिडियो पाउनै मुस्किल । तर, पनि जब पत्रकारले दुवैको रिलेसनसीपको प्रश्न सोध्छन् दुवैको जवाफ हुन्छ ,‘हामी असल साथी मात्र हौं । एक अर्काको साथ इन्जोए गर्छौं ।’

सँगै रहँदा बस्दा नजिक हुनु माया बस्नु कुनै अनौठो हैन । अझ ग्ल्यामर फिल्डमा त यस्ता घटना निमेषमा घट्छन् । तर, यहाँ जोडिनुभन्दा चैं टिक्नु ठूलो कुरा हो । यस हिसाबले हेर्दा पल र आँचलको जोडीले तीन वर्ष काटिसकेको छ । बजार हल्ला अनुसार दुवैको ‘नार्इँ नभन्नू ल ४’ सुटिङताका लभ परेको थियो ।
फिल्म उद्योगमा केही छन् जो छिन छिनमा प्रेम प्रदर्शन गरेर हैरान पार्छन् अनि कोही चैं पल र आँचल जस्ता छन् जो प्रेमी प्रेमिकाको रुपमा गर्ने जति सबै व्यवहार गर्छन् तर दुनियाँका अगाडि ‘साथी मात्र’ भएको नाटक गर्छन् । हेर्नुछ, दुवैको ‘नार्इँ’को नाटक कहिलेसम्म चल्छ ?

Leave A Comment