चन्द्रमा पुग्ने तेस्रो कसरत

शुक्रबार, ०७ पुष २०७४, ०९ : ५० शुक्रवार
चन्द्रमा पुग्ने तेस्रो कसरत

सम्पन्नता बढ्दै जाँदा चीनले चन्द्रमामा मानव पु¥याउने लक्ष्य बोकेको छ । सन् २०१८ मा मानव लिएर एउटा रकेट चन्द्रमामा पुग्ने छ । रुस पनि सन् २०३० सम्म चन्द्रमा अभियानअन्तर्गत मानिसलाई त्यहाँ पु¥याउने पक्षमा छ । यस्तो अवस्थामा अमेरिका किन पछि पथ्र्यो । हालै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चन्द्रमामा मानव मिसन सुरु गर्ने सैद्धान्तिक सहमतिमा हस्ताक्षर गरिसकेका छन् । आखिर तेस्रो पटक चन्द्रमा टेक्ने मानिस कुन देशको होला त ?

पहिलो पटक जसै चन्द्रमामा नील आर्मस्ट्रङले पाइला टेके थे, उनको भनाइ थियो– ‘चन्द्रमामा टेकिएको यो सानो पाइला, मानव जातिका लागि ठूलो छलाङ साबित हुनेछ ।’
सन् १९६९ को जुलाई २१ का दिन नील आर्मस्ट्रङले चन्द्रमामा पाइला टेकेर इतिहास रचेका थिए । यसपछि पनि अन्य पाँच वटा रकेट अमेरिकी चन्द्रमा अभियानअन्तर्गत त्यहाँ पुगे ।
सन् १९७२ मा चन्द्रमामा पुग्ने अर्का अन्तरीक्षयात्री युजिन सेरनन थिए । उनी नै चन्द्रमामा पुग्ने अहिलेसम्मका अन्तिम व्यक्ति बन्न पुगे । त्यसपछि अरु कसैले चन्द्रमामा पाइला टेक्ने हिम्मत गरेनन् न त कुनै मुलुकले यसलाई गम्भीरताका साथ लगानी नै गरे ।
यतिबेला भने चन्द्रमामा पाइला टेक्नेबारे चर्को हल्ला चलिरहेको छ । गएको सोमबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चन्द्रमामा एउटा मानव मिसन पु¥याउने सन्दर्भमा हस्ताक्षर गरेर उनले चन्द्रमाको शान्त तलाउमा हलचल मच्चाएका छन् ।
यससँगै अर्को एउटा प्रश्न के पनि उठेको छ भने करिब आधा शताब्दीपछि अचानक अमेरिकालाई किन चन्द्रमामा मान्छे पठाउने जुक्ति सुझ्यो ? यतिञ्जेल नासाले किन वैज्ञानिकलाई चन्द्रमामा पठाएन ?
बजेट नै मुख्य समस्या
चन्द्रमामा मानिसलाई पठाउनु एउटा निकै महँगो काम हो । क्यालिफोर्निया विश्वविद्यालयका खगोल विज्ञानका प्राध्यापक माइकल रिच भन्छन्, ‘चन्द्रमामा मानिसलाई पठाउनु निकै खर्चिलो काम हो । यसअघि जुन अभियानमा मानिसलाई चन्द्रमा पठाइएको थियो, त्यसको खासै वैज्ञानिक फाइदा भएन । त्यसैले खर्चको तुलनामा फाइदा कम हुने भएकाले पनि चन्द्रमामा मानिसलाई नपठाइएको हुनसक्छ ।’
विशेषज्ञहरुका अनुसार चन्द्रमामा मानिस पठाउनु त्यसबेला राजनीतिक कारण बढी थियो । पहिलो पटक अन्तरीक्षमा युरी गागरिन पुगेपछि अमेरिकालाई त्योभन्दा खतरनाक मिसनमा सफलता पाउनु जरुरी थियो । त्यसैले चन्द्रमामा मानिसलाई पठाइएको थियो । अन्तरीक्ष कसले नियन्त्रण गर्ने होड त्यसैबेला जागृत भएको थियो । जसै सोभियत संघ विघटन भयो, अमेरिकाको उद्देश्य पूरा भयो ।
सन् २००४ मा पनि अमेरिकाका तत्कालीन राष्ट्रपति जर्ज डब्लु बुसले चन्द्रमामा मानिस पठाउने कुरा नासामा प्रस्ताव पु¥याएका थिए । यसका लागि १०४,००० मिलियन अमेरिकी डलर खर्च लाग्ने बताइएको थियो । यति धेरै बजेट कहाँबाट जुटाउने भन्ने समस्याका कारण पनि यो प्रोजेक्ट अघि बढ्न सकेन । त्यसपछि त सन् २००८ मा अमेरिकामा ठूलो आर्थिक संकट प¥यो र यसबारे कोही पनि चुँसमेत बोल्न चाहेनन् । यतिबेला र खासगरी राष्ट्रपति ट्रम्पले सत्ता सम्हालेको एक वर्षका दौरान अमेरिकी अर्थतन्त्रमा निकै ठूलो सुधार आएको छ । यस सुधारका कारण अबका आठ वर्ष राम्रै पैसा जम्मा हुने अपेक्षा गरिएको छ । यदि बजेट जुटाउन सफल भएका खण्डमा चन्द्रमामा पुनः मानिस पठाउने तेस्रो प्रयास सफल हुनसक्ने केहीको अनुमान छ ।
तर केही विशेषज्ञ भने डोनाल्ड ट्रम्पको चन्द्रमा मोह त्यत्तिकै सेलाउने अनुमान गरिरहेका छन् किनभने यो अभियान सुरु गर्नुअघि उनले सिनेट (संसद्)मा कुनै पनि छलफल गरेका छैनन् । जसै बजेटबारे सिनेटमा छलफल हुन थाल्छ, त्यस बेला उनको यो अभियानमा रोक लाग्ने सम्भावना कायमै छ ।
चन्द्रमामा किन चासो बढ्यो ?
माइकल रिच भन्छन्, ‘चन्द्रमा अभियानको वैज्ञानिक फाइदा निकै कम भएकाले यस किसिमको खर्चिलो अभियानका लागि पैसा जुटाउन निकै गाह्रो हुनेछ ।’
यो अभियान अघि नबढ्नुको अर्को कारण भने नासाले सुरु गरेका अन्य महŒवपूर्ण प्रोजेक्ट पनि हुन् । नासाले कैयौँ नयाँ उपग्रह, वृहस्पतिको खोज, अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसनको सुरुवात तथा अन्य आकाश गंगा तथा ग्रहहरुमाथि शोध गरिरहेको छ ।
त्यसो त नासाले वर्षौंदेखि चन्द्रमामा पुनः मानवीय मिसन पठाउने कुरा गर्न छाडेको छैन । ५० वर्षअघिको चन्द्रमा र अहिलेको चन्द्रमामा फरक आएको हुनसक्ने र त्यसको अध्ययन गरिनुपर्ने नासाको पैरवी सुरु भएकाले केही वर्षयता चन्द्रमामाथि चासो बढेको हो ।
चन्द्रमा पुग्ने योजना
त्यसो त चन्द्रमामा पुग्नका लागि सरकारी मात्र होइन निजी प्रयास पनि हुन थालेका छन् । यसका लागि चन्द्रमामा मानवीय अभियान चलाउने मात्र होइन मानव बस्ती बसाउनेसम्मका योजना लिएर निजी कम्पनीहरु तम्तयारीमा छन् । यस्तोमा प्रख्यात कम्पनी टेस्लाका एलन मस्क, भर्जिन कम्पनीका रिचर्ड ब्रान्सनजस्ता हिम्मतिला मानिसहरु अन्तरिक्षमा पर्यटक लैजाने मात्र होइन, चन्द्रमामा मानव बस्ती बसाउनेसम्मको सपना देखिरहेका छन् ।
यस्तो सपना देख्नुमा पनि दम छ किनभने पछिल्लो चरणमा निकै कम खर्चमा बनेका प्रविधि र विमानले उनीहरुको सपनालाई प्वाँख हालेका हुन् । चीनले सन् २०१८ भित्र चन्द्रमा पुग्ने र रुसले २०३१ भित्र यही सपना देखिरहेका छन् ।
यसबीच कैयौँ निजी कम्पनीहरुले स्पेस बिजनेस मोडल बनाउने कुरामा ध्यान केन्द्रित गरेका छन् । त्यस्ता कम्पनीहरुले चन्द्रमाबाट ल्याइएका पत्थरहरुलाई महँगा गहना बनाई बेच्ने कुरा पनि योजनामा समावेश गरिएका छन् ।
यही कारण अमेरिका अन्तरिक्ष दौडमा अरुभन्दा पछि हट्न चाहँदैन । नासालाई यस पटक छुट्याइएको बजेट अन्य बजेटको एक प्रतिशत मात्र हो । जबकि अघिल्ला पटक चन्द्रमा अभियानअन्तर्गत बजेटको ५ प्रतिशत छुट्याइएको थियो ।

 

Leave A Comment