अर्काे ‘सिंघम’मा श्रुति

शनिबार, ०१ साउन २०७३, ०२ : ४२ शुक्रवार , Kathmandu
अर्काे ‘सिंघम’मा श्रुति

दक्षिण भारतीय अभिनेत्री श्रुति हसन सुपरहिट फिल्म ‘सिंघम’को नयाँ सिक्वेलमा देखा पर्ने भएकी छिन् । यद्यपि, उनी बलिउड अभिनेता अजय देवगन अभिनीत सिंघमको सिक्वेलमा देखा पर्न लागेकी होइनन् । उनी त दक्षिण भारतीय फिल्म उद्योगको फिल्म ‘सिंघम’को सिक्वेल ‘सिंघम–३’ मा देखा पर्न लागेकी हुन् । बलिउडको ‘सिंघम’ दक्षिण भारतीय ‘सिंघम’कै रिमेक हो ।
‘सिंघम–३’ मा श्रुति पत्रकारको भूमिकामा देखा पर्नेछिन् । फिल्मको मुख्य भूमिका दक्षिण भारतीय अभिनेता सुर्याले निर्वाह गर्नेछन् ।

 

Leave A Comment