पिकनिक मौसम

मङ्गलबार, ०४ पुष २०७४, ०९ : ५८ मनोज घर्तीमगर
पिकनिक मौसम

छ्याङ्ग खुलेको आकाश । बाटो घाटो पनि सफाचट । हिलो मैलो पनि हुँदैन यतिबेला । यस्तै सुन्दर मौसमको सदुपयोग गर्दै यति बेला पोखरा आसपासका डाँडाकाँडामा हुलका हुल पिक्नीक मनाइरइेका छन् । दैनिक विभिन्न ठाउँबाट पिकनिकका लागि पोखरा आउनेको ता“ती देखिन्छ । जाडो महिनाको पारिलो घामको न्यानोपनस“गै प्रकृतिको रमाइलोमा भुल्दै पिकनिक जानेहरुको लर्को छ, यतिबेला पोखरा र आसपासका ठाउँहरुमामा ।
पिकनिकमा नरमाउने को होला र ? पिकनिक भने पछि जोकोही खुसी नहुने कुरै छैन । पिकनिक नया“ साथी बनाउने अवसर पनि हो । पिकनिक भनेपछि विशेष गरि युवायुवतिको जमात बढी खुसी हुन्छ । त्यसो त प्रौढ र बालबालिका पनि पिकनिक भनेपछि हुरुक्कै हुन्छन् । तर, युवा जोशमा पिकनिकमा रमाउनेहरु बढी भेटिन्छन् । पोखरा घारिपाटनकी सपना थापा भर्खरै सराङ्गकोटको पिकनिकमा रमाएर फकिर्एकी छिन् । ‘रमाईलोका लागि हो । केही समय भए पनि साथीभाइसँग भेटघाट गर्दा फ्रेस भईन्छ त्यसैले पिकनिक जान्छु’ उनी भन्छिन्‘भर्खर पिकनिकको सिजन सुरु भएको छ, अझै धेरै पिकनिकमा जान बाँकी नै छ ।’ थापा पेशाले फेन्सी व्यवसायी हुन । उनी केही साथीसँग पिकनिक गइसकिन् । अझै केही गु्रप बाँकी छन् । व्यवसायको दैनिकीबाट एकैछिन भए पनि विश्राम पाउन र जीउ हल्का बनाउन पिकनिक उपयुक्त भएको उनले बताइन् ।
दैनिक व्यस्तताबाट केही समय भए पनि रमाईलो प्राप्त गर्न पिकनिक जानेहरुको चाप बढ्दैछ । यतिबेला जाडो पनि नहुने, गर्मी पनि हुने मौसम भएकोले घाम ताप्दै नाच्ने, गाउने अनि रमाउनेहरु पिकनिक आयोजना गर्छन् । पिकनीकमा विशेष गरि विद्यार्थी, कर्मचारी, ,व्यवासायी परिवार एवं साथीभाइहरु जाने चलन छ । ‘मगर विद्यार्थी संघ कास्की जिल्ला समितिबाट हामी केही दिन अघि बेगतानसात छेउमा पिकनिक गएर रमायौं’ मगर विद्यार्थी संघ कास्की जिल्ला समितिका अध्यक्ष दिनेश रोका भन्छन्,‘हामीले तनहुँ, गोरखा, स्याङ्जा लगायत छिमेकी जिल्लाका साथीहरुलाई पनि बोलाएका थियौं । भेटघाट गर्ने र चिनजान गर्ने अवसर पनि हो पिकनिक ।’

पिकनिकको सबैभन्दा रमाईलो पक्ष नाचगान र खानपिन हो । पिकनिक स्पटमा बज्ने गीतमा कोही ननाचिरहन सक्दैनन् । नाच्न नजाने पनि गीतमा कम्मर हल्लाउनेहरु कम हु“दैनन् । यो बेला सबै पिकनिक जान जुट्छन् । मंसिर, पुस र माघ  पिकनिकका लागि उपयुक्त मौसम हो । त्यसैले यो समयलाई पिकनिकको पर्व पनि भन्न पछि पर्दैनन युवाहरु ।
‘पिकनिक भन्ने बित्तिकै मलाई खुब रमाइलो लाग्छ, जहाँ साथीभाइसँग निस्फीक्रि  नाँच्न पाइन्छ’ होटल म्यानेजमेन्टकी विद्यार्थी माया पुन भन्छिन्,‘नाँच्दै रमाउनु मेरो सोख हो । दुई तीन वटा पिकनिक गइसकेँ । अझै दुई चार वटामा जान्छु ।’

पिकनिकमा सबै उमेर र समुदायका मानिस सहभागी हुन्छन् । गाउ“का स्थानीय, कलेजका साथीभाई, विभिन्न संस्थामा कार्यरत कर्मचारी एवं व्यवसायीहरु पिकनिक जान हौसिन्छन् । ‘वर्षभरी काम गरेर थकित भएको बेला साथिभाइसँग भेटघाट र रमाइलो गर्न पिकनिक गइन्छ’ सौन्दर्य व्यवसायी एवं राष्ट्रिय सौदर्यकर्मी युनियनकी आजीवान सदस्य देवी गुरुङ भन्छिन्‘त्यसका लागि उपयुक्त समय मंसिर नै हो, म यो महिनामा चार वटा पिकनिक गइसके, अझै चार पाँच वटा पिकनिक जानै बाँकी छ ।’ यतिबेला फूर्सदको समय र मौसम पनि रमाईलो हुने भएकोले पिकनिक जाने गरेको उनले बताइन् ।

पोखरा र आसपासका क्षेत्रमा दर्जनौं पिकनिक स्थल छन् । तीमध्ये माटेपानी गुम्बा, फेवा पावरहाउस, वसुन्धरा पार्क, महेन्द्र गुफा, सराङ्गकोट, लामागाउँ, पामे, हेम्जा फेदी, नौ डाँडा, धम्पुस, काँडे, सार्दिखोला, भुर्जुङखोला, लामाचौर, काहुँ धरहरा, शान्ति वनबाटिका, पामे, सेदीखोला, कार्कीडाँडा लगायतका स्थान  मुख्य मानिन्छन् । यसबाहेक बेगनासताल, लेखनाथको सुन्दरी डाडा, ठूलाकोट, कालिका, स्याङ्जोको मट्टिखान, भालुपहाड र बन्दिपुर जानेहरु पनि उत्तिकै हुन्छन् । मौसम खुलेको बेला सराङ्गकोट, काहुँ धरहरा र मट्टिखानबाट बाट पोखराको मनोरम दृश्य मात्रै हैन, आँखैमा टासिन आउने माछापुछ«े, अन्नपूर्ण र धौलागिरी देख्न सकिन्छ । त्यहा“को वातावरण नै लोभलाग्दो छ ।

पिकनिकमा लागि सबैभन्दा चलेको स्थान हो सराङ्गकोट डाँडा र पामे । युवाहरुले पोखरादेखि सराङ्गकोट डाँडासम्म बाइक हार्र र हुर्र पार्दै कुदाउ“छन् । पछाडीपट्टी गर्लफ्रेण्ड राखेपछि उनीहरुलाई सराङ्गकोट पुग्न समय नै लाग्दैन ।  त्यहाँबाट रमाईलो दृश्यावलोकन गर्दै रमाउन सकिन्छ । पामेमा माछा खाँदै पिकनिक मनाउन सकिन्छ । फेवातालको छेउमै छ वसुन्धरा पार्क । धेरै टाढा पनि नहुने तालकोे छेउमा रमाउँदै पिकनिक मनाउनेहरुका लागि लागि आकर्षक स्थल हो बेगनास ताल ।

मट्टीखान पनि राम्रो पिकनिक गन्तव्य हो । यहा“बाट माछापुछ«े, अन्नपूर्ण, हिमचुली र धौलागिरी हिमालका दृश्यहरु देख्न सकिन्छ । जसले मनै आनन्दित बनाउँछ । अर्को लोकप्रिय पिकनिक स्पट धम्पुस हो । यहा“ बाट अस्ताउ“दो र उदाउ“दो सूर्यको दृश्य र पोखरा बजार हेर्न सकिन्छ । नजिकै जाने हो भने माटेपानी गुम्बमा पनि लोकप्रिय पिकनिक स्थल हो। काडे र नौ डाडा त पिकनिक आयोजना गर्नकै लागि बनेका स्थान हुन् । जहाँ वर्षैभरी पिकनिक जानेहरुको लर्को लाग्छ । उच्च क्षेत्रमा रहेको उक्त स्थानमा रमाउन पाउँदै सबै आनन्दित हुन्छन् । स्याङ्जा र कास्कीको सिमाना कुभिन्डे, माछापुछे भ्यू टावर मात्रै हैन स्याङ्जाको भालु पहाड पनि पनि उपयुक्त पिकनिक गन्तव्य हो । ‘यो समय नै पिकनिकको हो किन जस्तो लाग्छ, जताततै पिकनिक गर्नेको लाम छ’ ट्राभल एजेन्सीमा काम गर्ने रमा गुरुङ भन्छिन्,‘हामी पनि भर्खरै पिकनिकमा रमायौं । साथीहरुले अझै पिकनिक आयोजना गर्दैछन् ।’

त्यसो त पिकनिकमा सहभागीहरुले अनावश्यक तनाव पनि गर्छन् ।  कोही पिकनिक स्थलमा उत्तालो बन्छन् । समयलाई ध्यानमा नराखी  राति अबेरसम्म बस्नेको जमात पनि कम हुं“दैन । केहीले त झन् कसैको मन दुख्ने गरी मजाक उडाउँछन् । कोही आफ्नो मात्र कुरा एकोहोरो गर्छन् । पिकनिकमा जुवा तास पनि खेल्ने चलन छ ।  त्यसैले यस्ता क्रियाकलाप सकेसम्म नगर्ने र सबैस“ग मित्रवत ब्यवहार गर्दा पिकनिक रमाईलो हुने बताउँछन् रिबर्थ इभेण्ट म्यानेजमेण्टका निर्देशक सुरज थापामगर । ‘पिकनिक भनेको रमाईलो गर्ने बहाना पनि हो, त्यसैले सँधै सम्झिनयोग्य बनाउनुपर्छ’ थापा भन्छन्‘कसैलाई मजाक उडाउनु, जुवातास खेल्नु, आफ्नो कुरा एकहोरो रुपमा राख्दा रमाईलो वातावरण खलबलिन सक्छ ।’

Leave A Comment