प्रतिभाको टोली लिग च्याम्पियन

सोमबार, ०३ पुष २०७४, ०४ : १८ शुक्रवार
प्रतिभाको टोली लिग च्याम्पियन

राष्ट्रिय महिला भलिबल टोलीकी स्पाइकर प्रतिभा मालीको टोली मिस्किमागु इमेनजी गुलहुन क्लबले सि लाइफ ग्लोबल राष्ट्रिय भलिबल लिग च्याम्पियन बनेको छ ।
माल्दिभ्सको सोसियल सेन्टर इन्डोर हलमा शनिबार लिगको अन्तिम खेलमा मिस्किमागुले माल्दिभियन स्पोर्टस एन्ड रिक्रिएसनलाई सोझो सेटमा २५–२०, २५–१२, २५–२१ ले हरायो । मिस्किमागुको जितमा प्रतिभाले बुमन अफ द म्याचको ट्रफी जितिन् ।
राउन्ड रोबिन डबल लिगको आधारमा भएको लिगमा मिस्किमागु ९ अंकसहित च्याम्पियन बनेको हो । यसैगरी माल्दिभ्स पुलिस क्लब ४ अंकसहित दोस्रो र २ अंकसहित माल्दिभियन स्पोर्टस एन्ड रिक्रिएसन क्लबले तेस्रो स्थान हासिल गरेको छ ।
मिस्किमागुले सोमबार देखि सि लाइफ माल्दिभ्स राष्ट्रिय भलिबल प्रतियोगिता खेल्ने नेपाली राष्ट्रिय टोलीकी प्रतिभाले बताइन् ।
माल्दिभ्स लिगमा पुरुषतर्फ पाँच टोली र महिलातर्फ तीन टोलीले प्रतिस्पर्धा गरिरहेका थिए ।
पुरुषमा माल्दिभियन स्पोर्टस एन्ड रिक्रिएसन क्लब, दिभेही सिफाइन्ज क्लब, सि लाइफ स्पोर्टस क्लब, पुलिस क्लब र माजिया स्पोर्टस एन्ड रिक्रिएसन खेलिरहेका छन् । महिलामा प्रतिभाको टोली मिस्कमागु इमाइन्जी गुलहान, पुलिस र माल्दिभियन स्पोर्टस एन्ड रिक्रिउसन क्लबले प्रतिस्पर्धा गरिरहेका थिए ।
प्रतिभाले एक महिनाअघि नेदरल्यान्डमा करिब दुई साता अभ्यास गरेर फर्किएकी थिइन् । माल्दिभियन लिगमा दोस्रोपटक खेलिरहेकी प्रतिभाले अनुभव बढाउन प्रतियोगिताले सहयोग गरिरहेको बताइन् । माल्दिभियन लिगमा भारत, नेपाल लगायतका अन्य युरोपियन खेलाडीले पनि खेलिरहेका छन् ।
माल्दिभ्स लिगमा एउटा टिमले दुई विदेशी खेलाडीलाई राख्न पाउने नियम थियो । महिला लिगमा गत वर्ष ६ टिमले प्रतिस्पर्धा गरेका थिए । तर यसपटक भने तीन टिमले मात्र खेलिरहेका छन् । र तिनै टिमले विदेशी टिमको राष्ट्रिय टोलीलाई टोलीमा अनुबन्धित गरेका छन् । माल्दिभ्स पुलिसबाट इरान राष्ट्रिय टोलीको २ खेलाडी, रिक्रिएसन टिममा थाइल्यान्ड र श्रीलंकाको समान १ राष्ट्रिय टोली र मिस्किमागुबाट भारतीयन र नेपाली खेलाडी प्रतिभाले खेलेकी थिइन् ।

Leave A Comment