भाषाशास्त्रीको सातो लिने कर्णेलको बन्दुक र शाहको सत्ता !

शनिबार, ०१ साउन २०७३, ०२ : ०१ शुक्रवार , Kathmandu
भाषाशास्त्रीको सातो लिने कर्णेलको बन्दुक र शाहको सत्ता !

मैले ‘नेपालमा शब्दकोशको व्यापार जति अपार कुरो केही रहेनछ’ भन्ने गुह्य पत्ता लगाएको छु । सरकारी शब्दकोश बिगार्ने अवसर पाएको भए सम्भवतः म पनि निजी शब्दकोशको व्यापारबाट अरबपति भइसक्ने थिएँ । नेपाली भाषाको लेखाइमा आएको आयै गर्ने नयाँ नियमहरूका सम्बन्धमा मैले भनिरहनै पर्दैन । अब त कक्षा १ मा पढ्ने विद्यार्थीले पनि भन्न सक्छ । “वर्षेनि फेरिने नियमका कारण नेपाली भाषा पढाउने एक जना अतिशिक्षित प्राध्यापक नै जीवनभरि शुद्ध लेख्न नजानीकन मर्दै छन् ।”  अरूका के कुरा ?  नियम बनाउने बिचरा सर्वज्ञ विद्वान् त आफ्नो नामै शुद्ध लेख्न नजानीकन मर्न प्रतिबद्ध छन्, शब्दकोशको व्यापारमा टक बसेपछि यस्तो पो हुँदो रहेछ ए ! नियम नबिगारी नयाँ शब्दकोश बनाएर विक्री गर्न नपाइने भएपछि बिचराहरूले के गरून् त !
सरकारी शब्दकोशमा परम्परागत सबै शब्दहरू हटाइएका रहेनछन् । शक्तिको भक्ति छोडेका रहेनछन्, बिचराहरूले । ‘नेपाली बृहत् शब्दकोश’को नयाँ संस्करणमा ‘शाह’ शाह नै छन् । बिचरा शहीदलाई चाहिँ सहिदै बनाइएको छ । ‘शाह र शहीद’ एकै स्रोतका शब्द हुन् । बिराउनेले डराउने चलन छ । भाषा–बिगारा कोशकारहरू शाहन्शाहसँग पनि तर्सिएका रहेछन् । ‘शाह, शाहन्शाह तथा शाही’लाई यथावत् छाडिदिएर शाही सत्ताको पुनरागमन भइहाले पनि आफू सुरक्षित हुने बाटो बनाएका छन् । स्वामीभक्ति त यस्तो पो हुनुपर्छ ! मरेर गइसकेका र जनताका मुटुमा गुटुमुटु भएर बसेका शहीदसँग किन डराऊन् ?
नयाँ संस्करणमा पनि ‘कर्णेल’ शब्दले निर्विकल्प बस्न किन पायो होला ? यो शब्द संस्कृतको तत्सम शब्द होइन । संस्कृतको तत्सम शब्दमा मात्र णकारको प्रयोग गर्ने नियमअनुसार ‘कर्नेल’ हुनुपथ्र्यो । त्यसरी लेखेको देखे भने विश्वेश्वरप्रसाद कोइरालाको ‘कर्णेलको घोडा’ शीर्षकको कथामा भएका कर्णेलले घोडालाई हानेझैँ बन्दुक उठाएर नयाँ कर्णेलले ठोक्लान् भन्ने भयले भीत भएका कोशकारले ‘करसाब’लाई चलाउने आँटै गरेनन् । ‘राणा’लाई ‘राना’ बनाउने ताना पनि झिक्न सकेनन् । बरु नेपालको संविधान २०७२ सम्ममा सुरक्षित भनिएको ‘झण्डा’ को ‘णकार’ झिक्ने बेलामा चाहिँ टाउकामा डण्डा बर्सिएला भन्ने चेत पाएनछन् । ‘क्त’ संयुक्त अक्षर नै हटाइदिएपछि आदिकवि भानुभक्तको शुद्ध नाम शब्दकोशमा कसरी देख्नु ?
राष्ट्रपति विद्याकै नाम ‘विद्या’ अनि अमर विभूति भगवान् गौतम बुद्धको नाम ‘बुद्ध’लाई ‘बुद्ध’ बनाउने दुस्साहस गर्नु चाहिँ रहस्यमय छ । परम्परागत संयुक्त अक्षरको प्रयोग गर्ने सन्दर्भमा मूल प्रविष्टिभित्र केहीलाई विकल्पमा दिइएको छ भने ‘ङ्क, ङ्ग’ जस्ता अक्षरलाई चाहिँ खेदो खनिएको छ । मूल प्रविष्टिभित्र विकल्प दिएर राखिएका शब्दहरूलाई पेटबोलीमा भने अपाङ्गै बनाएर छोडिएको छ । कोशकारहरूको निजी शब्दकोशमा उपप्रविष्टि प्राप्त ‘फूल’लाई सरकारी निकायबाट प्रकाशित ‘नेपाली बृहत् शब्दकोश’द्वारा निकालावास गरिएको छ । ‘शिरीषको फूल’ र ‘जीवन काँडा कि पूmल ?’ नामका दुवै कृतिले कृतिकारलाई मदन पुरस्कार दिलाएका हुन् । मदन पुरस्कार पाएका कृतिको शीर्षकलाई समेत अशुद्ध बनाउने दुस्साहस गर्नेहरूले अरू केकति भाँडभैलो मच्चाए होलान् ? आफैँ अनुमान गर्नुहोला । उपर्युक्त कृतिबाट मदन पुरस्कार पाउने दुवै जना (आदरणीय साहित्यकार पारिजात तथा झमककुमारी घिमिरे) लैङ्गिक दृष्टिले नारीप्रतिभा हुनुहुन्छ र शारीरिक दृष्टिले अशक्त पनि ! बाँकी व्याख्या आफैँले गर्नुहोला ।   

 

Leave A Comment