भूतसँग सम्भोग

सोमबार, ०३ पुष २०७४, ०१ : ५१ शुक्रवार
भूतसँग सम्भोग

बेलायतको ब्रिटोलकी एक महिलाले आफूले भूतसँग सम्भोग गरेको बताएकी छन् । अध्यात्मिक निर्देशन सल्लाहकार समेत रहेकी २७ वर्षे एमेथिस्ट रिआल्मले बीस भूतसँग सम्भोग गरेको बताउँछिन् । रोचक त के छ भने सबै भूत पुरुष रहेको उनको ठहर छ । केही दिनअघि बेलायतको टेलिभिजन शो ‘आइटिभी दिस मर्निङ’ मा भूतसँग सम्भोग गर्दाको आफ्नो अनुभव सार्वजनिक गरेकी थिइन् । १२ वर्षअघि भएको घटना सुनाउँदै उनले आफू गाउँको एक घरमा पुग्दा अनौठा क्रियाकलापको सामना गर्नु परेको बताइन् ।
विगत सम्झँदै उनले भनिन्, ‘सुरुमा भावनात्मक हुँदै शारिरिक रुपमा यौन सम्पर्क भएको थियो । पहिले मेरो थाईमा दबाब भएको महसुस भयो अनि मेरो घाँटीमा कसैले स्वास फेरेजस्तो लाग्यो । त्यस बखत पनि म आफूलाई सुरक्षित पाएकी थिएँ । मैले यसरी भूतसँग संसर्ग गरेँ ।’ रिआल्म थप्छिन्, ‘मैले जे कुराको अनुभव गरेँ त्यो शब्दमा बताउन निकै कठिन छ । सामान्य किसिमको सम्भोगभन्दा निकै रमाइलो र उत्तेजक थियो त्यो घटना ।’
रिआल्मले आफू तीन वर्षसम्म भूतसँग सम्भोग गरेको बताउँछिन् । तर तीन वर्षपछि काम सकेर उनका पति घरमा आउँदा झ्यालमा पुरुषको छायाँ देखेका उनी बताउँछिन् । लगभग बीस भूतसँग सम्भोग गरेकी उनले पति आएपछि भूतसँग सम्भोग नभएको सुनाउँछिन् । छिट्टै रिआल्मले भूतबाट गर्भवती हुन चाहेको समेत बताएकी छन् ।
भूतसँग सम्भोग गर्ने उनीमात्र छैनन् । केही समय पहिले गायक बोबी ब्राउन र केशाले समेत भूतसँग सम्भोग गरेको बताएका थिए । तर रिआल्मका कुरालाई मनोविज्ञहरु दुःस्वप्न भएको बताउँछन् । दुःस्वप्नकै कारण मानिसहरुले भूतसँग संसर्ग गरेको आभाष हुने उनीहरुको कथन छ । तनाव, डिप्रेसन र मानसिक आघातका कारण मानिसहरु भूतसँग सम्भोग गरेको आभाष हुने उनीहरु बताउँछन् ।

Leave A Comment