दुःख पाइस् मंगले आफ्नै ढंगले

शुक्रबार, १५ मङि्सर २०७४, ०३ : ०७ शुक्रवार
दुःख पाइस् मंगले आफ्नै ढंगले

रुखको चेपमा टाउको अड्किएको एक गाईलाई अग्नि नियन्त्रकहरुले उद्धार गरेका छन् । समरसेटको चार भिन्दै ठाउँका उद्धारकर्मी डाकेर गाईको उद्धार गरिएको थियो । बर्नहाम–अन–सी, छेदार र ब्रिजवाटरका अग्नि नियन्त्रक र एक्समाउथका उद्धारकर्मीहरुको सहयोगमा रुखको चेपमा टाउको अड्क्याउन पुगेको गाईको उद्धार गरेका थिए । तीस वर्षपछि यस्तो घटना घटेको उनीहरु बताउँछन् । एक किसानले आफ्नो गाई हराएपछि खोजी गर्ने क्रममा उसलाई रुखमा फसेको अवस्थामा फेला पारेका थिए ।
अग्नि नियन्त्रक अधिकारी माइक रेन्साले भने, ‘किसानले आफ्नो दुई वर्षको गाई रुखको टोड्कामा फँसेको थाहा पाएर हामीलाई खबर गरेका थिए ।’ गाईले आफ्नो चिलाएको घाँटी र टाउको कन्याउने क्रममा टाउको फसाएको थियो । माइक थप्छन्, ‘गाईलाई हामीले उसको कल्चौडोमा हल्का हानेर उसलाई चलायमान बनायौं । यसको गर्दा उसले बल गरेर टाउको फुस्कायो ।’ उद्धारकर्मीले यस्तो प्रक्रिया सफल भएमा हाइड्रोलिक प्रविधिमार्फत रुखलाई फट्याएर गाई निकाल्ने विचारमा थिए ।
यस घटनालाई लामो समयसम्म सम्झना हुने अधिकारीहरु बताउँछन् । बर्नहाम अग्नि नियन्त्रक अधिकारी इयान हेजलेटन भन्छन्, ‘३० वर्षको मेरो कार्यकालमा मैले कहिल्यै यस्तो देखको थिइनँ । हामीलाई अन्य सामान्य समस्या पर्दा बोलाइन्थ्यो तर रुखमा गाई चेपिएको घटना पहिलो र नौलो हो ।’

Leave A Comment