पेटबाट २६३ सिक्का निकालिएपछि

शुक्रबार, १५ मङि्सर २०७४, ०३ : ०६ शुक्रवार
पेटबाट २६३ सिक्का निकालिएपछि

एक ३५ वर्षे मानिसको अनौठा चिजबिज खाने बानी थियो । शल्यक्रियामार्फत ती मानिसको पेटबाट सर्जनहरुले २६३ सिक्का, १०० काँटी र दर्जनौं ब्लेडका पत्ता निकालिदिएका छन् । मक्सुद खान नामका ती मानिस आफ्नो पेट असह्य दुखेको भन्दै मध्यप्रदेशको सट्नास्थित सञ्जय गान्धी अस्पताल पुगेको छ ।
पेटको शल्यक्रियामा संलग्न डाक्टरहरुको नेतृत्व लिएका प्रियंका शर्मा भन्छन्, ‘बिरामीले पेट दुख्यो भन्दै आएका थिए । त्यसैले हामीले उनलाई इन्डोस्कपी गरायौं । तर इन्डोस्कपी गर्दा उनको पेटमा सिक्का, काँटी र नट बल्टु पाउँदा आत्तियौं ।’ उनले आफ्नो जीवनमै पहिलोपटक यस्तो देखेको बताए । खानका परिवारले उनले डिप्रेसनका कारण फलामका वस्तुहरु खान थालेको बताए पनि आफ्नो यस्तो अनौठो बानीबारे कसैलाई भनेका थिएनन् ।
डाक्टरहरुका अनुसार ड्राइभिङ पेसा अंगाल्दै आएका खान ग्राहकहरुले दिने पैसाहरु खाँदै आएका थिए । उनले तीन महिनादेखि आफ्नो पेट दुख्न थालेको बताउँदै आइरहेका थिए । यति हुँदाहुँदै पनि उनको भित्री अंगहरुमा केही हानी नभएको हुँदा उनी सकुशल रहेको डाक्टरहरु बताउँछन् । शल्यक्रियामा संलग्न एक डाक्टरले भने, ‘काँटीले घोचेको उनको पेटको शल्यक्रिया तुरुन्तै गर्नुपर्ने थियो । काँटीकै कारण रगत बग्दा उनको शरीरबाट हेमोग्लोबिन कम भइरहेको थियो ।’ शल्यक्रिया पछि खानले अब आइन्दा आफूले फलाम नखाने बताएका छन् ।

Leave A Comment