अचम्मका नाई

शुक्रबार, १५ मङि्सर २०७४, ०३ : ०१ शुक्रवार
अचम्मका नाई

एक विख्यात नाईले धारिला ब्लेडले ४० वर्षदेखि ग्राहकहरुका आँखामा चुरा चलाउँदै आइरहेका छन् । जिओङ गाओवु नामका ६२ वर्षे नाईले अरु सामान्य नाईलेझैं कपाल नकाटी आँखा समेत ताछ्दै आइरहेका छन् । गाओवुका अनुसार उनी मानिसहरु आँखा सफा गर्न चक्कु प्रयोग गर्न विज्ञ बनेको बताउँछन् । पाँच मिनेट लाग्ने यो प्रक्रियामा उनले आफ्ना ग्राहकहरुको आँखाको ढकनी दोब्य्राउँछन् र आँखालाई धारिलो चक्कुको सहारामा सफा गर्छन् । उनले यस्तो काम गर्दा आँखाको माथिल्लो र ढकनीलाई पालैपालो सफा गर्छन् । चक्कुमा आइ ड्रप लगाउनुअघि उनले चक्कुलाई आयोडिनको घोलले सफा गर्छन् ।
चालिस वर्षदेखि नाईको पेसा अँगाल्दै आइरहेका उनले आफ्नो काममा कहिल्यै गल्ती गरेका छैनन् । उनले यसरी आँखाको भित्री तह सफा गर्दा ग्राहकहरुको आँखा सफा हुने र उनीहरुले अरुबेलाभन्दा सफा देख्ने बताइन्छ । तर उनले उमेरले तीस कटेका ग्राहकहरुको मात्र आँखा सफा गर्छन् । युवाहरुको आँखामा धुलो नभएकै कारण उनले यो उमेर समूहका मानिसहरुको आँखा सफा गरिदिएको पिपुल्स चाइना डेलीले लेखेको छ । उनको खुला नाई पसल दक्षिण–पश्चिम चिनको सिचुवान प्रान्तको राजधानी छेन्दुमा अवस्थित छ ।

Leave A Comment