‘शिरफूल’ को शीर्षगीत सार्वजनिक

शुक्रबार, १५ मङि्सर २०७४, ०२ : ०६ शुक्रवार
‘शिरफूल’ को शीर्षगीत सार्वजनिक

प्रदर्शनको तयारीमा रहेको नेपाली कथानक फिल्म ‘शिरफूल’को ‘शिरैमाथि शिरफूल’ बोलको शीर्षगीत सार्वजनिक भएको छ । गीतमा देवराज आले मगर र तारा श्रीस मगरको स्वर रहेको छ । राजु थापाको शब्द देवराज आलेमगरको संगीत रहेको गीतको एरेन्ज रिकेश गुरुङले गरेका छन् । मगर्स क्रियसन इन्भेस्टमेन्ट कम्पनी र पर्फर्मिङ आर्ट क्रियसनको संयुक्त प्रस्तुति ‘शिरफूल’का निर्माता आशीर्वाद पुनमगर हुन् । फिल्मलाई कमल ऐक्चै मगरले निर्देशन गरेका छन् ।
विश्वका विभिन्न देशहरुमा च्यारिटिको अन्तिम तयारीमा रहेको ‘शिरफूल’ देशैभरिका धेरैजसो हलहरुमा समेत प्रदर्शनमा आउनेछ । बढ्दो आधुनिकताको प्रभावसँगै युवापुस्तामा देखिएको विविध खाले विकृतिलाई उजागर गर्दै त्यसको निराकरण पहिल्याउन सहयोग पुग्ने विषयवस्तुलाई फिल्ममा उठाइएको छ । नयाँ पुस्तामाझ प्रेम, मौलिकता तथा कला संस्कारलाई फेसनका रुपमा लिने चलनको बढ्दो विकृतिले  समाजमा देखिएको नकारात्मक प्रभावको चित्रण भएकाले ‘शिरफूल’लाई नेपाली दर्शकले मन पराउने निर्देशक एक्चैमगरले बताए ।

Leave A Comment