कन्फ्युज आजबाट प्रदर्शन

शुक्रबार, १५ मङि्सर २०७४, १२ : ४३ शुक्रवार
कन्फ्युज आजबाट प्रदर्शन

काठमाडौं- विवेक थापा निर्देशित फिल्म ‘कन्फ्युज’ आजबाट देशभरिका सिनेमा हलमा प्रदर्शन हुने भएको छ । केएस काफ्लेको निर्माण रहेको फिल्ममा भारतीय अभिनेता पवन कुमार र कला घिमिरेको मुख्य अभिनय छ ।

बुटवल आसपास छायाँकन गरिएको फिल्म प्रेम कथामा आधारित रहेको निर्माता काफ्लेले जानकारी दिए । फिल्मलाई सञ्जिव रेग्मीले खिचेका छन् भने शंकर अधिकारीले संगीत भरेका छन् ।

मोफसलमा रहेर फिल्म निर्माण गरिरहेका निर्माता काफ्लेले यसअघि विभिन्न फिल्म बनाइसकेका छन् । ‘मोफसलको कलालाई प्लाटफर्म दिन आफू सधैं अग्रसर रहन्छु । उनीहरुको प्रवद्र्धन गर्ने प्रमुख जिम्मेवारी पनि हाम्रै हो । त्यही भएर नयाँ नयाँ प्रतीभालाई यो क्षेत्रमा ल्याउने गर्छु,’ उनले भने ।

Leave A Comment