सेन्सेटिभ स्किनको केयर

शनिबार, ०९ मङि्सर २०७४, ०३ : ०८ शुक्रवार
सेन्सेटिभ स्किनको केयर

सेन्सेटिभ स्किन भएका मानिसहरुको छालामा रातो दाग बस्छ, चिलाउँछ, पीडाका साथै छाला चाँडै ड्यामेज हुन्छ, मौसम परिवर्तन र प्रदूषणको प्रभाव छिट्टै पर्छ । यस्तो अवस्थामा छालाको हेरचाह अत्यन्त आवश्यक हुन्छ । सेन्सेटिभ स्किन कुनै पनि प्रकारको बिरामीको लक्षण होइन, बरू यो कतिपय बिरामीको कारण बन्न सक्छ ।
तपाईंको छाला सेन्सेटिभ छ भने त्यसमा रुखो प्रोडक्ट प्रयोग गर्नु हुँदैन । छालालाई सफा राख्नुपर्छ । स्क्रबिङ वा तातो पानीबाट बच्नुपर्छ । क्लिन्जिङको प्रयोगपछि मुहारलाई राम्रोसँग सफा गर्नुपर्छ । सेन्सेटिभ स्किनका लागि बनेको मोस्चराइजर र सनस्क्रिन मात्र प्रयोग गर्नुपर्छ । मुहारलाई पटक–पटक वा धेरै समयसम्म धुनु हुँदैन र मुहार धुन मन तातो पानी प्रयोग गर्नुपर्छ । जाडोमा छालामा हुने ड्राइनेसका कारण चिलाउनु सामान्य हो ।
सेन्सेटिभ स्किनका लागि सेन्सेटिभ उत्पादन नै प्रयोग गर्नुपर्छ । यस्ता उत्पादनले मुहारमा छाला पोल्ने वा एलर्जी हुँदैन । लेबलमा दिइएका निर्देशन अवश्य पालना गर्नुपर्छ । सोप बेस्ड क्लिन्जर प्रयोग गर्नु हुँदैन । यदि सेन्सेटिभ स्किनका लागि बनेको उत्पादन प्रयोग गरिँदैन भने पनि त्यस्ता उत्पादनबाट जोगिनुपर्छ जसमा फ्रुट एसिड, अत्यन्त सुगन्ध, कलर, एन्टी–ब्याक्टेरियलजस्ता तŒव पाइन्छ । डियोड्रेन्ट र स्क्रबयुक्त पदार्थबाट टाढै रहनु पर्छ । कठोर केमिकल भएका साबुन, स्याम्पु, बडी क्लिन्जर, क्रिम, बाथ ओयल र बबल बाथबाट पनि बच्नु पर्छ । सेन्सेटिभ स्किनका लागि बनेका सनस्क्रिन नै प्रयोग गर्नुपर्छ । केही खाद्यपदार्थबाट पनि सेन्सेटिभ स्किनमा एलर्जी हुन्छ । त्यस्ता खाद्यपदार्थ पहिचान गरी तिनबाट टाढै रहनुपर्छ ।
तनावका कारण छालाको उमेर रोक्न कठिनाइ हुन्छ । तनावले शरीरमा त्यस्ता हार्मोनको स्तर वृद्धि हुन्छ, जसले मुहारमा दाना सिर्जना गर्छ । त्यसैले तनावमुक्त रहने प्रयास गर्नुपर्छ । छालालाई स्वस्थ राख्न सन्तुलित र पौष्टिक खानेकुरा खानुपर्छ । सेन्सेटिभ स्किन भएकाहरूका लागि कटन र सिल्कका पहिरन उपयुक्त हुन्छन् । मेकअप उतार्दा पनि कटन बल्स नै प्रयोग गर्नु राम्रो हुन्छ ।

Leave A Comment