६ लाखको गफ

बिहिबार, ०७ मङि्सर २०७४, ०४ : ३५ शुक्रवार
६ लाखको गफ

सबैलाई थाहा छ, पूजा शर्मा अभिनयको भरमा भन्दा निर्देशकको भरमा हिट भएकी अभिनेत्री हुन् । पाँच÷छ वटा फिल्म खेलेकी पूजाले पहिलो फिल्मबाहेक बाँकी सबै फिल्म सुदर्शन थापाको निर्देशनमा गरेकी छन् । यस्तोमा हालसालै पूजाले आफूले ६ लाख पारिश्रमिक दिएर फिल्म खेल्न अफर गर्दा पनि नखेलेको बताएकी छन् तर कतिपय समाचार कस्ता भने सत्य नै भए पनि पत्यार नलाग्ने । पूजाको यो समाचार पनि यस्तै श्रेणीमा परेको छ ।
जगजाहेर छ, पूजाका जम्मा दुई फिल्म हिट छन्, ‘प्रेमगीत’ र ‘म यस्तो गीत गाउँछु’ । तर, दुवै हिट फिल्मको क्रेडिट पूजा एक्लैले पाएकी हैनन् । फिल्म हिट हुनमा हिरोसँगै फिल्मका गीतको पनि योगदान रहेको थियो । अनमोल बाहेकका हिरोले सात आठ लाख लिएर फिल्म खेलिरहेका बेला पूजालाई कुन निर्माताले यत्रो पैसा अफर ग¥यो ? कुरा गहिरो छ । केही हिरोले आफ्नो भाउ जबर्जस्ती आफैं बढाइरहेका छन् । पूजाले पनि सोही सीप सिके जस्तो छ ।
 

Leave A Comment