नीतिको गलत नीति

बिहिबार, ०७ मङि्सर २०७४, ०४ : ३४ शुक्रवार
नीतिको गलत नीति

मिस नेपालबाट  दर्जनौं सुन्दरीहरु विश्वका विभिन्न प्रतियोगितामा भाग लिन्छन् । अधिकांशको सहभागिता घुमघामभन्दा पर जान सकेको छैन । मिस वल्र्ड, मिस अर्थ वा अन्य यस्तै प्रतिस्पर्धामा जाने सुन्दरीहरू सहभागी हुन्छन् र खालि हात घर फर्कन्छन् । तर, जानेले केही नल्याए पनि बिगारेका थिएनन् । तर, यो पटक मिस नेपालको सेकेन्ड रनरअप भएर मिस इन्टरनेसनलमा सहभागिता जनाएकी नीति शाहले भने न ताज ल्याइन् न देशको इज्जत बचाइन् । जापानमा भएको मिस इन्टरनेसनलमा नीतिले गलत तथ्यलाई प्रस्तुत गर्दै आफ्नो त साख गुमाइन् नै आयोजक हिडन ट्रेजरको प्रतिष्ठालाई पनि धुलिसात गरिन् ।
उनले महिलाको कुरा गर्ने सिलसिलामा देशमा दुई खालका महिला हुने र गाउँका महिला अनपढ र विदेशमा बेचिने खालका खुद्रा कुरा गरेर आफ्नो अल्पज्ञान प्रस्तुत गरेकी थिइन् ।   १ सय ४० भन्दा बढी देशले सहभागिता जनाउने प्रतियोगितामा नेपाली चेलीले नजित्न पनि सक्छन् । समाजले खासै ठूलो अपेक्षा राखेको छैन तर ताज नजिते पनि देशलाई गलत तरिकाले प्रस्तुत गर्न त भएन नि ! नामै नीति भएकी सुन्दरीले नीतिगत ज्ञान पनि राखेको राम्रो नि हैन र ?

Leave A Comment