बेमौसमको बिकनी

बिहिबार, ०७ मङि्सर २०७४, ०४ : २२ शुक्रवार
बेमौसमको बिकनी

देशमा जाडो लागिसकेको छ । तातो पानीबिना सितिमिति नुहाउन गाह्रो पर्छ तर नेपालकी एक आउटडेटेड हिरोइन छिन्, जो बेमौसममा नुहाएर चर्चामा आएकी छिन् । ती हिरोइन हुन्, सुष्मा कार्की ।
सुष्माले कुनै समय फिल्म पनि खेल्थिन् भन्ने जस्तै छ अवस्था । उनलाई फिल्ममा दर्शकले देख्न नपाएको धेरै भइसक्यो तर समाचारमा आउने आदत अझै गएको छैन, सायद । यही कारण हुनसक्छ उनले जाडो याममा पनि स्विमिङ गरेको फोटो राख्दै पत्रकारलाई समाचारका लागि बाध्य पारेकी छन् ।  
फिल्मभन्दा प्रेमीमा ध्यान दिएपछि रुप र क्षमता हुँदाहुँदै पनि फिल्म क्षेत्रबाट पलायन जस्तै भएकी छन्, सुष्मा कार्की । कहिले निर्देशक त कहिले गायकसँग चर्को अफेयरमा रहने गरेकी सुष्मा अचेल भने ‘रोमियो एन्ड मुना’का निर्मातामध्येका एकसँग अफेयरमा रहेको चर्चा छ । यही बीचमा आएको फोटोले दुइटा कुराको संकेत गर्छ, कि त सुष्मा अफेयरबाट खाली भइन् वा समाचारमा आफूलाई मिस गरिन् । तर, म्याडमलाई हाम्रो सुझाव छ, समाचारमा आउन मन छ भने केही गतिलो काम गर्नुस्, लुगा खोलेको भरमा मात्र कहिलेसम्म चर्चा खोज्न हुन्छ ?

Leave A Comment