ट्विटरमा भेरिफिकेसन रोकियो

बिहिबार, ०७ मङि्सर २०७४, ०३ : २० शुक्रवार
ट्विटरमा भेरिफिकेसन रोकियो

ट्विटरले आफ्ना प्रयोगकर्ताको अकाउन्ट भेरिफिकेसन गर्ने फिचरलाई तत्कलका लागि बन्द गरेको छ । यसअघि जो कोहीले पनि आफ्नो अकाउन्टलाई भेरिफाइ गर्न निवेदन दिन सक्थे । यसअघि यो केवल सेलिब्रेटी, सरकारी तथा मिडयासँग सम्बन्धित मानिसहरुका लागि मात्र उपलब्ध थियो ।
ट्विटरका संस्थापक सिइओ ज्याक डर्सीले भने, ‘हाम्रा एजेन्टहरुले भेरिफिकेसन पोलिसीलाई अहिलेसम्म सही ढंगले फलो गर्दै आएका छन् । तर केही समय पहिले हामीलाई यो प्रक्रियामा केही गडबडी भएको महसुस भयो, जसलाई ठीक पार्नु जरुरी छ । हामीले यसलाई छिटो भन्दा छिटो ठीक पार्ने काम गरिरहेका छौँ ।’
ट्विटरले एक विज्ञप्ती जारी गर्दै भनेको छ– कुनै पनि अकाउन्टको भेरिफिकेसनको अर्थ त्यस अकाउन्टको पहिचान गरिएको वा उसको आवाजलाई मान्यता दिनु थियो । तर अकाउन्ट भेरिफाइ गर्नुलाई सम्बन्धित अकाउन्टलाई ट्विटरले नै समर्थन गरेको प्रमाणका रुपमा बुझियो । यो भ्रम हामीले नै पैदा गरेका हौँ र अब यसलाई सच्याउनुपर्छ ।

Leave A Comment