युट्युबको नयाँ फिचर

बिहिबार, ०७ मङि्सर २०७४, ०३ : १९ शुक्रवार
युट्युबको नयाँ फिचर

एन्ड्रोइड स्मार्टफोनका लागि युट्युबले ‘पिन्च टु जुम’नामक नयाँ फिचर ल्याएको छ । यो फिचरको सहयोगले स्मार्टफोनको पूरै स्क्रिनभर भिडियो देखिन्छ । अर्थात् किनारामा देखिने कालो धर्सो अब हेर्नुपर्ने छैन । यो नयाँ फिचरले १८ः९ स्क्रिनवाला स्मार्टफोनमा समेत काम गर्ने बताइएको छ ।
यसअघि यो फिचर केवल पिक्सेल टु एक्सएल प्रयोगकर्ताका लागि उपलब्ध थियो । जुन १२.४ भर्सनसँगै प्रयोग गर्न सकिन्थ्यो । अब यो एन्ड्रोइडको १२.४४ भर्सनका प्रयोगकर्ताका लागि पनि उपलब्ध भएको छ ।
पिन्च टु जुम फिचर बिना सामसुङ ग्यालेक्सी एस एट, एलजी भी ३०, सामसुङ ग्यालेक्सी नोट एटका प्रयोगकर्ताले युट्युब भिडियो पूरा स्क्रिनभर हेर्न पाउँदैनथे ।

 

Leave A Comment