देशुको ‘दिलको राजा’ बाहिरियो

बुधबार, ०६ मङि्सर २०७४, ०४ : ०२ शुक्रवार
देशुको ‘दिलको राजा’ बाहिरियो

बेलायतमा बसेर नेपाली संगीतमा सक्रिय रहेकी गायिका देशु गोलेले आफ्नो नयाँ गीत ‘यो दिलको राजा’को म्यूजिक भिडियो सार्वजनिक भएको छ। 

देशुकै शब्द रहेको गीतमा गायक प्रताप लामाको संगीत छ । लोकप्रिय संगीतकार अर्जुन पोखरेलले म्युजिक एरेन्ज गरेका छन् । लभ फ्लेभरमा रहेको गीतको भिडियोमा अभिनेत्रीद्धय शिल्पा पोखरेल र रक्षा श्रेष्ठसँग अभिनेता गौरव पहारीको अभिनय छ । भिडियोमा त्रिकोणात्मक प्रेम देख्न सकिन्छ । 

ज्ञानेन्द्र शमाले खिचेको भिडियोलाई प्रविण श्रेष्ठले सम्पादन गरेका हुन् । गीतको भिडियो निर्देशन पासाङ योञ्जन लामाले गरेका हुन्। 

देशुले यसअघि ल्याएको ‘सायद मलाई’ बोलको गीतलाई दर्शकले निकै रुचाएका थिए । ‘यो गीतलाई पनि रुचाइदिनुहुन्छ भन्ने विश्वास छ,’ हाल काठमाडौंमा रहेकी उनले भनिन्, ‘म जहाँ रहेपनि मेरो मन सधैँ नेपाली नै हो त्यसैले नेपाली संगीतप्रति मेरो मोह कहिल्यै घट्नेछैन्, झन्झन् बढ्नेछ । ’
watch video- https://youtu.be/dswAW7NvjqM

Leave A Comment