रोइन् रिहाना

बिहिबार, ३० असार २०७३, १२ : ०५ शुक्रवार , Kathmandu
रोइन् रिहाना

पपगायिका रिहाना दर्शकसामु स्टेजमै रोइन् । सांगीतिक प्रस्तुति दिँदादिँदै उनी सबैका अगाडि रोएकी हुन् ।
एउटा रंगशालामा भएकोे कन्सर्टमा रिहानाले गत साता सांगीतिक प्रस्तुति दिएकी थिइन् । प्रस्तुतिका क्रममा उनले ‘लभ द वे यू लाई’ बोलको गीत गाएकी थिइन् । यही गीत गाउँदागाउँदै उनी स्टेजमै सुँक्कसँुक्क गर्न थालिन् ।
यद्यपि, रिहाना किन रोइन् भन्ने अहिलेसम्म खुल्न सकेको छैन । गीतको भावमा डुबेर उनी रोएको अनुमान कसैकसैले गरेका छन् । तर, यही गीत अरू बेला गाउँदा उनी रोएकी थिइनन् ।

Leave A Comment