नयाँ किताब

सोमबार, ०४ मङि्सर २०७४, ०४ : ५५ शुक्रवार
नयाँ किताब

पुस्तक : बेलाइततिर बरालिँदा
लेखक : तानासर्मा
विधा : नियात्रा
मूल विषय : नेपाली नियात्रा–साहित्यको बहुमूल्य हिराका रुपमा लिइने ‘बेलाइततिर बरालिँदा’मा बेलायत यात्राका रोचक र घोचक अनुभूति समेटिएका छन् । पढ्ने पाठकले आफैँ यात्रा गरेको अनुभव गर्ने यी निबन्ध विदेश र देशको गज्जबको तुलना गर्न सक्षम छ । २०२६ सालको मदन पुरस्कार प्राप्त यति पुरानो पुस्तक नयाँ कलेबरमा बजारमा आएको छ । अब पाठकले अप्राप्य यो पुस्तकको अभाव झेल्नुपर्ने छैन ।
मूल्य : २४८
प्रकाशक : मञ्जरी पब्लिकेसन
पृष्ठ संख्या : २११

पुस्तक :माटाको माया
लेखक : रामबाबु सुवेदी
विधा : कथासंग्रह
मूल विषय : बालबालिकाका लागि रोचक पुस्तकको अभाव छ । हुन त अचेल छपाइ, डिजाइन र अन्य प्राविधिक गुणस्तर बढेका छन् तर बालबालिकाका लागि साँच्चिकै पठनीय सामग्रीको अभाव छ । यस्तोमा रामबाबु सुवेदीको यी कथा संग्रहले त्यो अभाव मेट्न सक्छ । रोचक लेखनशैलीले ६ कथा समावेस गरिएको यो संग्रहलाई ताजा नै बनाएको छ । किताबको राम्रो पक्ष यसको छपाइ हो तर किताब केही महँगो महसुस हुन सक्छ ।
मूल्य : २२५
प्रकाशक :एडुकेसनल पब्लिसिङ हाउस
पृष्ठ संख्या :४०

पुस्तक : चाणक्य
लेखक : रोशन दाहाल
विधा :जीवनी
मूल विषय :भारतवर्षका शासकहरु भोगविलासमा चुर्लुम्म डुबेको मौका पारेर युनानी सम्राटले भारतवर्षका देशहरुमाथि आक्रमण गरेका थिए । यस अवस्थाबाट चिन्तित हुँदै चाणक्ले आफ्ना गुप्तचर र विश्वासिला शिष्यहरुको सहयोग लिएर युनानी सेनालाई भगाए । मौका आउँदा पनि उनी सम्राट बनेनन्, बरु कुटीमै बस्न रुचाए । कुटीमै बसेर उनले अर्थशास्त्र, नीति र सूत्रको रचना गरे । यस पुस्तकमा उनको पूरै जीवनी तथा उनीद्वारा रचना गरिएको अर्थशास्त्र, नीति र सूत्र समेटिएको छ । उनका यी कृति व्यक्ति, समाज र देश विकासका लागि अहिले पनि उत्तिकै सान्दर्भिक छन् ।
मूल्य : ३७५
प्रकाशक : पाँचपोखरी प्रकाशन गृह
पृष्ठ संख्या : ३६३

प्रस्तुति: रेणु त्वानाबासु

 

Leave A Comment