सारालाई निखिलको सहारा !

सोमबार, ०४ मङि्सर २०७४, ०४ : ३० शुक्रवार
सारालाई निखिलको सहारा !

सारा श्रीपालीको पहिलो फिल्म कतिबेला आयो र कतिबेला गयो पत्ता भएन । ‘रुद्र’मार्फत निखिल उप्रेतिको अपोजिटमा डेब्यु गर्दा धेरैलाई उनबाट अपेक्षा थियो । तर, हलमा न निखिलको दम देखियो न फिल्मको । डेब्युमा हिट हिरोइनको ट्याग भिर्ने साराको सपना चकनाचुर भयो । यतिसम्म त ठीकै त , पहिलो फिल्म फ्लप भए पनि हिट भएका थुप्रै उदाहरण छन् । प्रदिप खड्कादेखि प्रियंका कार्कीसम्म पनि पहिलो फिल्म फ्लप भए पनि सफल भएका अनुहार हुन् । साराका लागि पनि यो मौका थियो तर उनले दोस्रो फिल्म पनि निखिलकै अपोजिटमा रोजिन् । ‘पिजडा ब्याक अगेन’ सारा र निखिल जोडी बनेको दोस्रो फिल्म हो । फिल्मका दुई गीत सार्वजनिक भइसकेका छन् । गीतले दर्शकमा राम्रै छाप छाडेका छन् तर त्यसका बावजुद पनि सबैको मनमा प्रश्न आउने गरेको छ, के निखिलको फिल्म हेर्न पहिलेझैं दर्शक आउँछन् ? के सारालाई निखिलको सहाराले फाइदा पुग्ला ?

Leave A Comment